माछापुच्छ्रेको सञ्चालक समितिले पास गर्यो १४ प्रतिशत लाभांश प्रस्ताव

Advertisement

काठमाडौं ।  माछापुच्छ्रे बैंकले आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकले गएको आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट १४ प्रतिशत (कर प्रयोजनसहित) लाभांश घोषणा गरेको हो । 

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त लाभांश प्रस्ताव स्वीकृत गरी नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई जानकारी दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले कर्पोरेट नेपाललाई जानकारी दिए । यद्यपि आज नेप्सेको वेभसाइटमा अबेरसम्म उक्त लाभांश सार्वजनिक भएको छैन् । 

Advertisement

बैंकले चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र करप्रयोजनका लागि ०.७० प्रतिशत नगत लाभांश वितरण गर्न लागेको हो । माछापुच्छ्रे लाभांश घोषणा गर्ने पहिलो बैंक भएको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुन्छ । बैंकले गएको आर्थिक वर्षमा एक अर्ब ६० करोड रुपियाँ नाफा गरेको थियो । बैंकको चुक्ता पूँजी नौ अर्ब पाँच करोड रुपियाँ  छ । लाभांश पारितपछि बैंकको चुक्ता पूँजी १० अर्ब ७६ करोड रुपियाँ पुग्नेछ । 

Advertisement

Advertisement