सानिमा बैंकले घोषणा गर्यो १७.८९ प्रतिशत लाभांश

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । 

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश दिन प्रस्ताव गर्ने निर्णय गरेको हो ।  

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गरिने छ ।  

बैंकको हालको चुक्ता पूँजी नौ अर्ब ६८ करोड रुपियाँ छ ।गत आर्थिक वर्षमा यस बैंकले  दुई अर्ब २७ करोड ६४ लाख ९४ हजार रुपियाँ नाफा कमाएको थियो ।