राष्ट्र बैंकले आज रु. ३० अर्बको रिपो जारी गर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ३ बजेबाट ३० अर्ब रुपियाँ बराबरको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले बजारमा तरलताको अभाव भएको कारण तरलता व्यवस्थापन गर्न रिपो जारी गर्न लागको हो । 

गत हप्ता पनि राष्ट्र बैंकले दुई साताको लागि रिपो जारी गरेको थियो । यो साता भने बैंकले एक हप्तको लागि मात्र रिपो जारी गर्न लागको जानकारी दिएको छ । यो रिपोमा आज दिउसो तीन बजे बोलकबोल हुँनेछ । 

Advertisement

 ७ दिन अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । 

केहि समय यता बैंकिङ प्रणालीमा तरलता अभाद देखिएको छ । यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकबले पटक पटक रिपो जारी गर्दै आएको छ । रिपोले बैंकिङ प्रणालीमा देखिने अल्पकालिन तरलता अभावलाई सहजीकरण गर्नेछ । 

Advertisement

Advertisement