मालोर्काविरुद्ध रियलको गोल बर्षा, सेभियासँग भ्यालेन्सिया पराजित

Advertisement

एजेन्सी (म्याड्रिड) । मालोकाविरुद्ध गोल बर्षा गर्दै स्पेनिस महारथि रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले मालोर्कालाई ६–१ गोलले हरायो ।

रियलको जितमा विंगर मार्काे असेन्सियोले ह्याट्रिक पूरा गरे । कप्तान करिम बेन्जेमाले दुई गोल गरे । दुई गोलसँगै बेन्जेमा जारी लिगमा ब्यक्तिगत आठ गोल पु¥याएका छन् । एक गोल इस्कोले थपेका थिए । मलोर्काका काङ इन लिले सान्त्वना गोल फर्काएका थिए ।

Advertisement

रियलले खेलको तेस्रो मिनेटमै बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । २४औं मिनेटमा मार्काे असेन्सियाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । २५औं मिनेटमा काङ इन लिले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

त्यसपछि २९औं मिनेटमा असेन्सियाले गोल गर्दै पहिलो हाफमा रियललाई थप बलियो बनाए । दोस्रो हाफमा थप सशक्त देखिएको रियलले ५५औं मिनेटमा अर्को गोल थप्यो । असेन्सियोले करिम बेन्जेमाको पासमा ह्याट्रिक पूरा गरे ।

७८औं मिनेटमा बेन्जेमाले ब्यक्तिगत दोस्रो गोल गर्दे रियलको अग्रता फराकिलो बनाए । ८४औं मिनेटमा इस्कोले भिनियिस जुनियरको पासमा गोल रियललाई फराकिलो जित दिलाएका थिए । ६९ प्रतिशत बल पोसेसन राखेको रियलले खेलभर लगातार गोलको अवसर बनाएको थियो । ह्याट्रिक पूरा गरेका असेन्सियो ‘म्यान अफ दी म्याच’ बने ।

जितसँगै लिगमा अपराजित यात्रा जारी राखेको रियल ६ खेलबाट १६ अंक बनाएको छ । रियलले पुनः शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको १४ अंक छ । रियलसँग पराजित मालोर्का आठ अंक सहित १०औं स्थानमा छ । तेस्रो स्थानमा रहेको सेभयाको ११ अंक छ ।

बुधबार रातिनै भएको खेलमा सेभियाले भ्यालेन्सियालाई ३–१ गोलले हरायो । सेभियाको जितमा पपु गोमेजले तेस्रो र राफा मिरले २२औं मिनेटमा गोल गरेका थिए । सेभियाले अर्को गो भ्यालेन्सियाबाट आत्मघाती उपहार पाएको थियो । भ्यालेन्सियाका लागि हुगो डुरोले ३१औं मिनेटमा सान्त्वना गोल गरेका थिए । हारपछि १० अंक बनाएको भ्यालेन्सिया चौथो स्थानमा छ । अन्य खेलमा स्पान्योलले अलाभेस र भिल्लारियलले इल्चेलाई ४–१ गोलले पराजित गरेको छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Advertisement

Advertisement