शेयर बजारमा झिनो सुधारः बैंकिङ र वित्त उकालो लाग्दा अरु सबै समूह राताम्मे

Advertisement

काठमाडौँ । बुधबार उच्च अंकले बढेको बजार आज बिहीबार भने झिनो अंकले मात्रै उकालो लागेको छ । हिजो बजार १०४.८८ अंकले बढेको थियो भने आज भने २.७० अंकले मात्रै बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज ०.१० प्रतिशतले बजार बढ्दा परिसूचक २८१९.६५ अंकमा उक्लिएको छ । बजार खुलेको ५ मिनेटमै बजार बढेर २८८१.४४ अंकमा पुगेको थियो भने त्यसपछि बजार निरन्तर ओरालो झरेर २ बजेर २३ मिटेन जाँदा २८०४.५३ अंकमा झरेको थियो भने बजार बन्द हुने समयमा आइपुग्दा २८१९.६५ अंकमा उक्लियो । 

Advertisement

नेप्सेका अनुसार आज २२८ कम्पनीका १ करोड ५७ लाख १४ हजार २ सय ६६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपियाँ बराबरको कारोबार भयो । 

बजारमा झिनो सुधार देखिंदा आज बैंकिङ र वित्त समूहमात्रै हरियाली भए भने बाँकी समूह राताम्मे भएका छन् । बैंकिङ समूह ४७.३७ अंकले बढ्दा वित्त समूह ८.२ अंकले बढेको छ । सबैभन्दा बढी होटल समूह ९७.२७ अंक, निर्जीवन बीमा समूह ९२.०४ अंक र विकास बैंक समूह ८०.४४ अंकले घटेका छन् । 

आज मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् भने हिमालयन पावरका लगानीकर्ताले सबैभन्दा बढी ५.०९ प्रतिशतले घाटा व्यहोरेका छन् ।आजैमात्र १७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको सानिमा बैंकको उच्च कारोबार भएको छ । सानिमाको ३४ करोड १५ लाख ८३ हजार ९ सय ७२.१० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 
   
 

Advertisement

Advertisement