शोधनान्तर बचत ४७ अर्ब ९० करोड रुपियाँ घाटामा

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा राष्ट्र बैंकसंग शोधनान्तर बचत ३८ अर्ब ७५ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत ५१ अर्ब ४६ करोड रुपियाँले बचतमा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९४ लाख रुपियाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३२ करोड ५५ लाख रुपियाँले घाटामा रहेका छ ।
 
चालु आर्थिक वर्षको पहिलो महिनामा राष्ट्र बैंकको चालु खाता ४७ अर्ब ९० करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २४ अर्ब ८९ करोड रुपियाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ७७ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २४ लाखले घाटामा रहेको छ ।

Advertisement

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३८.० प्रतिशतले कमीआई ६७ करोड ९७ लाख रुपियाँ रहेको छ भने, खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशतले कमी आई ४८ करोड ६ लाख रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब १० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ३९ करोड रुपियाँ रहेको थियो ।

Advertisement

Advertisement