बैंकहरूले दुई खर्ब मात्रै पुनरकर्जा दिन पाउने, कार्यविधि संशोधनबाट अधिकतम सीमा घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले दिन पाउने कोभिड प्रभावित क्षेत्रका व्यवसायीमाथिको पुनरकर्जाको सीमा घटेको छ । राष्ट्र बैंकले गत असार ११ गते दोस्रो संशोधन गरेर जारी गरेको पुनरकर्जा कार्यविधि तीन महिनाम नपुग्दै पुनः संशोधन भएको छ । राष्ट्र बैंकले ७ असोजमा जारी गरेको पुनरकर्जा कार्याविधिको तेस्रो संशोधनबाट बैंकहरूले दिन पाउने पुनरकर्जामा २ खर्ब १२ अर्ब ८८ करोड रुपियाँसम्मको अधिकतम सीमा तोकिएको छ ।

यस अघिको बैंकहरूले दिन पाउने कुल स्रोत रकमको अधिकतम ५ गुणासम्मको सीमालाई राष्ट्र बैंकले घटाएको छ । यस्तो सीमा अब ४.१२ गुणासम्म र अधिकतम रकम नै तोकेको छ । उक्त रकमको सीमा ननाघ्ने गरी राष्ट्र बैंकले बैंकहरूलाई पुनरकर्जा प्रदान गर्न निर्देशन गरेको हो ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्न थप स्रोत आवश्यक भएकोले पुनरकर्जा प्रयोजनका लागि प्राप्त हुने कुल स्रोत रकममा उक्त सीमा तोकिएको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको पुनरकर्जा कार्यविधि संशोधनसहितको उक्त सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले संधोकन गरेको यो कार्यविधिमा अ ब्रोडवेण्ड प्रवद्र्धन गरी सर्वसाधारणमा इन्टरनेट पहुँच पुर्याउने गरी दुर्गम स्थानहरूमा सेवा पुर्याउने इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई पुनरकर्जा दिने उल्लेख छ । यस अघि यो क्षेत्रलाई उक्त सुविधा दिने व्यवस्था थिएन् ।

विद्युतीय भुक्तानी प्रणालीको समग्र इको सिस्टमको विकास र प्रवद्र्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक र सञ्चार सेवा प्रदायक संस्थाहरू तथा नेपाल सरकारबाट महामारी जन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न पनि यस्तो पुनरकर्जा दिने व्यवस्था संशोधित कार्यविधिले गरेको छ ।

राष्ट्र बैंकले ग्राहक ऋणी अनुसार दिइने पुरकर्जामा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्नेलाई दिइने व्यवस्था थप भएको छ।

अब पूर्वाधार विकास बैंकले पनि पुनरकर्जा दिन पाउने
राष्ट्र बैंकले अब पूर्वाधार विकास बैंकले पनि पुनरकर्जा दिन पाउने व्यवस्था गरेको छ । यस अघि यो बैंकले पुनरकर्जा दिन पाउने व्यवस्था थिए । राष्ट्र बैंकले तोकेको बैंकबाट समस्याग्रस्त घोषणा भएका इजाजतपत्रप्राप्त संस्था, समस्याग्रस्तबाट मुक्त भएको एक वर्ष पूरा नभएको एवं समस्याग्रस्तबाट मुक्त भई तोकिएको न्यूनतम पुँजीकोष तथा चुक्ता पुँजी पूरा नगरेका इजाजतपत्रप्राप्त संस्था र बैंकले समय समयमा पुनरकर्जा सुविधा नपाउने गरी तोकेका इजाजतपत्रप्राप्त संस्थाबाहेक अरु सबैले यस्तो कर्जा दिन पाउनेछन् ।

यस्तो छ,तेस्रो सशोधनसहितको पुनरकर्जा कार्यविधि