आज (असोज ८)को राशिफलः कस्तो रहला तपाईंको व्यापार, व्यवसाय, आर्थिक कारोबार ?

आज २०७८ साल आश्विन महिनाको ८ गते शुक्रबार, आश्विन कृष्णपक्षको तृतीया तिथि, उप्रान्त चतुर्थी तिथि रहेको छ । आज सोह्रश्राद्ध अन्तर्गत चतुर्थी श्राद्ध ।

मेष 
पेशागत जीवनमा प्रगति हुने छ । कमाईमा पनि केही बृद्धि नै हुन जाने छ । तर मनमा आउने अन्योलताले निर्णय क्षमतामा गिरावट ल्याई दिने छ । परिवारमा द्वन्दका क्रम देखिने छ । शारीरिक र मानसिक रुपमा दुर्वलता देखा पर्ने छ । 

वृष
मानसिक र शारीरिक रुपमा थकित व्यक्तित्व बन्ने छ । पेशागत जीवन अस्थिर बन्न जाने छ भने द्वन्दात्मक वातावरणबाट गुज्रनु पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि अन्योलता उत्पन्न हुने छ । परिवारको भने साथ पाइने छ । 

मिथुन 
परिवारमा किचलोको क्रम देखा पर्ने छ । मनमा उदासिनताको मात्रा बढ्दा बढ्दै पनि दृढ खालको व्यक्तित्व हुने हुँदा कठिनाईसँग जुध्नका लागि तागत प्राप्त हुने छ । निराशाजनक विचार मनमा आउने भएकाले सकारात्मक सोचको विकासमा ध्यान दिनु होला । पेशागत जीवन भने औसत रहने छ । 

कर्कट
भाग्य बलियो रहेको छ । पेशागत जीवनमा अनुकुलता आउने छ । बाठो खालको व्यक्तित्व बन्दा अरुले हेप्न सक्ने छैनन् । परिवारमा मिलनको वातावरण बन्ने छ । आम्दानीमा केही बृद्धि देखा पर्ने छ भने आँटेका कामहरु पुरा हुने छन् । 

सिंह
उदासिनताबाट गुज्रनु पर्ने छ । पेशागत जीवन औसत रहने छ । कमाई सोचे जस्तो नहुँदा पारीवारिक खर्चका विषयमा श्रीमान श्रीमतीबीच बुझाईको अन्तर पर्ने छ । दाजुभाइका बीच द्वन्द चर्किने छ भने छोटो छोटो यात्रा गर्नु पर्ने छ । 

कन्या
बाठो खालको व्यक्तित्व हुने छ । मनमा बृढता आउने छ । भाग्य बलियो भएकाले आँटेका कुराहरु पुरा हुने छन् । तर आम्दानीमा भने गिरावट आउँदा यसले परिवारमा तनाव उत्पन्न गराइ दिने छ । परदेशमा रहेकाहरुको हकमा समय प्रतिकुल रहने छ । 

तुला
भाग्यको साथ नभएकाले चालेका कदमहरु कम मात्र सफल हुने हुँदा निराशाले घेर्ने छ । पेशागत जीवनमा अनुमान नगरिएका समस्याहरु देखिने छ । परिवारको साथले गर्दा कठिनाईका क्षणहरुमा सँहालिन मद्धत मिल्ने छ । कार्यालयमा आफ्ना बोसहरुसँग ट्युनिङ्ग नमिल्ने भएकाले सचेत रहनु होला ।

वृश्चिक
मनोबलमा गिरावट आउँदा गर्न सक्छु भन्ने भावनामा गिरावट आउने छ । बौद्धिक क्षेत्रका विषयहरुमा मन केन्द्रीत नभई हल्का फुल्का विषयमा अल्झिने छ । मन भारी हुने र विरही विचार मनमा आउने छ । बोलीमा रुखोपन आउने भएकाले यस विषयमा सतर्क रहनु नै वेस हुने छ । 

धनु 
मेहनत गरे बमोजिम प्रतिफल नआउँदा निराशाका क्रम बढ्न जाने छ । भाग्यको साथ नभएकाले आँटेका कामहरु अलपत्र पर्ने छन् । पेशागत जीवन भने शुभ नै रहने छ । विशेषगरी सेवा क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल देखिन्छ । विगतका विचारले मनमा एकोहोरो पश्चातापको वातावरण बनाई राख्ने छ । 

मकर 
आम्दानीमा सुधार आउने छ । पेशागत जीवनमा कामको कदर हुने छ । भाग्यको साथ बृद्धि भएकाले धेरै आत्तिनु पर्ने समय देखिँदैन् । बौद्धिक पेशामा आवद्धहरुको हकमा बौद्धिक स्तरमा क्षय हुने छ । चाहिने ठाउँमा आवश्यक बुद्धि नआउँदा आफैले गरेका निर्णयप्रति पछि असन्तुष्टि मनमा आउने छ । 

कुम्भ 
आँटेका कामहरु पुरा हुने छन् । पेशागत जीवनमा सुधार आउछ । आम्दानीमा पनि बृद्धि हुने छ भने अध्ययन अध्यापनमा उन्नति प्रगति हुने छ । शुभ समाचार सुन्न पाइने छ । मनमा सुख सन्तोषको आभाष हुने तथा भविष्यप्रति उर्जा आउने छ । शारीरिक स्वास्थ्य अवस्थाका बारेमा भने सचेत रहनु होला । 

मीन
असाध्यै रिस कडा हुने छ । कसैसँग पनि नदब्ने स्वाभाव हुँदा हुँदै पनि आवश्यक स्थानमा लचक स्वाभावमा कमि आउँदा अरुले घमण्डि भन्ने छन् । रिस धेरै हुने हुँदा झगडाको सामना गर्नु पर्ने छ । दाम्पत्य जीवनमा पनि रडाको मच्चिने छ । पेशागत जीवन अस्थिर बन्न जाने भएकाले संयमित भएर पाइला चाल्नु पर्ने समय रहेको छ ।

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)