लामो दूरीका सवारी साधनको भाडा बढ्यो, कहाँबाट कति (हेर्नुस् भाडादरसहित)

Advertisement

काठमाडौं । एक प्रदेशबाट अर्को प्रदेशमा जाने अन्तरप्रदेश सवारी साधनको भाडा बढेको छ । सार्वजनिक सवारी साधनको भाडा दशैंको मुखैमा बढेको छ । यातायात व्यवस्था विभागले गाडी भाडा बढाउन सहमति दिएपछि सार्वजनिक सवारीको भाडा बढेको हो ।

सार्वजनिक सवारी साधानको भाडा २८ प्रतिशतसम्मले बढेको छ । यात्रुवाहक सवारी साधनको भाडा सरकारले २९ असार २०७८ मा बढाउन गरेको निर्णय अनुसार यस्तो भाडा बढेको जानकारी दिएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक गरेको वारी भाडा बृद्धिको सूचीमा यात्रुबाहक सवारीमा बसैभन्दा बढी बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडामा २६ प्रतिशतले बढेको छ ।

Advertisement

सरकारले यस अघि २०७२ सवारी साधानको भाडा नबढाएको र इन्धनलाई मात्रै आधार बनाएर ७ असोज २०७५ मा १० प्रतिशतले भाडा समायोजन गरेको उल्लेख गरेको छ । लामो समयदेखि भाडा नबढेको कारण एक प्रदेशबाट अर्कोमा जाने तथा राष्ट्रिय स्तरका सार्वजनिक यातायात रुटमा चल्ने सवारी सााधमा बढेको भाडा तत्कालै लागू हुने उल्लेख  छ । 
 

Advertisement

Advertisement