कामना सेवा विकास बैंकका १९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७७/८८ को मुनाफाबाट लगानीकर्ताको लागि लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो।

बैंकले लगानीकर्तालाई हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार रुपियाँको कुल १९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले १८.५० प्रतिशत नगद लाभांश र कर प्रयोजन सहित ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको जाकनारी दिएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदनपछि कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ। 

Advertisement

Advertisement

Advertisement