शनिबार पनि आरटीजीएस प्रणाली सुचारु गर्न राष्ट्र बैंकको निर्देशन

Advertisement

काठमाडौं । शनिबार पनि रियल टायम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली नियमित सञ्चालन हुने भएको छ । 

राष्ट्र बैंकले विकास ऋणपत्र २०८० ‘क’ को ब्याज भुक्तानी प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई यो प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । 

Advertisement

शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन राख्नुपर्नेछ । यो प्रणालीमार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ । 

Advertisement

Advertisement