मलाई हृदयघात भएको छैन्ः वसन्त चौधरी

काठमाडौं । नर्भिक अस्पतालका संस्थापक वसन्त चौधरीले आफूलाई हृदयघात नभएको बताएका छन् । हृदयघात भएको समाचार आएपछि चौधरीले एक अनलाइन मिडियासँग आफूलाई त्यस्तो नभएको स्पट पारेका हुन् । 

दुबईमा घुमघामका लागि परिवारसहित गएका उनलाई शुक्रबार हृदयघात भएको समाचार आएको थियो । चौधरी तीन दिनअघि दुवई गएका हुन् । नेपाल समाचारपत्रको अनलाइन संस्करण न्यूज अफ नेपालसँग कुरा गर्दै उनले आफूलाई हृदयघात नभएको र उपचार गर्न पनि नआएको भन्दै उपचार गर्नैपरे आफ्नै नर्भिक अस्पताल हँदैछ नि भनेका छन् । 

नेपालमा हुँदैमा मुटुको समस्या भएपछि उनको नर्भिक अस्पतालमा एन्जियोग्राफी गरिएको थियो ।