वायुसेवा निगमका कर्मचारी अराजक भए, निर्देशककै कुर्सीमा बस्न पुगे

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारी अराजक हुन थालेका छन् । दिनहुँ बिहान १० देखि १ बजेसम्म आन्दोलन गर्दै आएका र कार्यालयको काममा बाधा पुर्याएका उनीहरूले शुक्रबार निर्देशककै कुर्सीमा बस्न पुगेका हुन् । ‘हामी नै सञ्चालक, हामी नै निर्देशक, हामी नै महाप्रवन्धक’ भन्दै निगम पदाधिकारीकै कुर्सीमा बस्ने, निर्देशकलाई दुव्र्यवहार गर्नेदेखि सञ्चालक समिति र महाप्रवन्धककलाई कार्यालय प्रवेशमा रोक लगाउने सम्मको गतिविधि गरे । 

उनीहरू सबैलाई हटाएर आफैंले निगम चलाउने पदाधिकारीको कुर्सीमा बस्ने कर्मचारीहरूको भनाई थियो । ८६ दिनदेखि आन्दोलन गरिरहेका कर्मचारीले शुक्रबार तलब सुविधाको माग गर्दै लेखा विभागमै पुगेर अराजकता प्रदर्शन गरेका हुन । नेपाल वायुसेवा निगम (नेवानि)कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष ऋषिकेश पन्थी र उपाध्यक्ष फर्सु ज्ञवालीसहितका कर्मचारी निर्देशककै कुर्सीमा बस्न पुगेका थिए ।

Advertisement

कर्मचारीले दुई महिनादेखि तलब नपाएको र तुरुन्तै तलव पाउनुपर्ने भन्दै निगमको लेखा निर्देशकलाई दबाब दिएका दिए । लेखाले शुक्रबार तलब पठाउने आश्वासन दिएको भए पनि १२ बजेसम्म तलब नआएपछि लेखा निर्देशक अनिशा खड्कालाई कार्यकक्षमै थर्काउन पुगेको निगमकै एक कर्मचारीले बताए । शुक्रबार कार्यालय समयसम्ममा तलव पठाउन नभ्याएकोले आइतबार पठाउने आश्वासन खड्काले दिएको पनि ती कर्मचारीले बताए ।

नेवानि कर्मचारी संघका अध्यक्ष मानवहादुर कुँवरले भने कर्मचारीले अराजक हुन नहुने बताए । उनले कर्मचारीले आफ्नो माग पूरा नभएसम्म कार्यालयको काम गर्न दिने र विरोध पनि गरिरहने गरेका हुन् । कर्मचारी युनियनका महासचिव हेम लम्सालका अनुसार कर्मचारीले पाउनुपर्ने तलब मागेको र सोही विषयमा लेखा निर्देशकसँग छलफल मात्रै भएको बताए । उनले बिहीबार मात्रै शुक्रबार दुई महिनाको तलब पठाउने सहमति भएको र शुक्रबार तलब नआएपछि कर्मचारी आक्रोशित भएको बताए ।

निगमका महाप्रवन्धक डिमप्रकास पौडेलका अनुसार कर्मचारीको अराजकता अति नै बढी भएको छ । उनले भने ‘कर्मचारीले आफैं निर्देशक, संञ्चालक समितिका सदस्यको कुर्सीमा गएर बस्ने, बोर्डका पदाधिकारीलाई निगम छिर्न नदिने  आफैं सर्वेसर्वा भएको अभिव्यक्ति दिइरहेका छन् ।’ त्यसो हो भने कर्मचारीले नै  निगम किन नचलाएको र कर्मचारी आफैंले निगम चलाउने हो भने अहिलेसम्म निगमलाई किन बन्दी बनाइरहेको ? भन्दै उनले प्रश्न गरे ।

पौडेलले कर्मचारी आन्दोलनका कारण निगम धरासायी हुँदै गएको दावी गरे । निगमका कर्मचारीकै कारण गौतमबुद्ध विमानस्थ र पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको काम गर्न गर्न नपाएको, अनलाइट टिकटिङको काम रोकिएको, निगमकै जहाज ए३२० को इन्जिन मर्मत गर्ने कम्पनी छनोट गर्न नपाएको बताए ।

इन्जिन मर्मत गर्न नपाएर निगमको जहाज कुनै पनि बेला ग्राउण्डेड हुनसक्ने र यसमा कर्मचारी दिनदिनै गैरजिम्मेवार भएर प्रस्तुत भइरहेको पनि पौडेलको तर्क छ । निगमले डीडीए गर्न नपाएको, चालू आवको बजेट बनाउन नपाएको, महालेखाको प्रतिवेदनमा छलफल गर्न नपाएको, निगमको ऋणको दायित्व बढ्दै जाँदा पनि सरकारी निकायसँग समन्वय गर्न नपाएको उनले गुनासो गरे । 

Advertisement

Advertisement