प्रचण्डले मलाई ‘मेरो पार्टीमा लाग, अनि मात्रै गाँजाको पक्षमा बोल्छु’ भनेः स्थापित

Advertisement

काठमाडौं । नेकपा एमालेका नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘मेरो पार्टीमा लाग, अनि मात्रै गाँजाको पक्षमा बोल्नु’ भनेर आफूलाई भनेको खुलासा गरेका छन् । 

रिपोर्टर्स क्लबमा शुक्रबार उनले गाँजाको महत्वबारे संसदमा बोल्न आग्रह गर्दा प्रचण्डले त्यस्तो प्रस्ताव गरेको भन्दै भने,  ‘प्रचण्डले मलाई आफ्नो पार्टीमा लागे मात्र यस विषयमा बोल्छु भने ।’

Advertisement

गाँजालाई औषधिको रुपमा प्रयोग गरेर मुलुकले लाभ लिन सक्ने स्थापितको भनाई छ । विगतमा पूर्वप्रधामन्त्रीहरु प्रचण्ड र माधव नेपाललाई गाँजाको महत्व र यसको प्रतिवन्ध फुकुवाबारे बोल्न आग्रह गरेको र प्रचण्डले भने शर्त राखेको बताए । 

राजाका पालामा रक्तदान गर्ने क्रममा आफूलाई प्रहरीले १४ महिनसम्म थुनेको स्मरण गराउँदै उनले गाँजालाई खुल्ला गर्नुपर्ने कुरामा जोड दिए । स्थापितले भने, ‘मैले यस विषयमा माधव नेपालसँग कुरा गरेका थिए । यस बेला निकै प्रशंसा गरेका थिए । तर, भोलि पल्ट यसको प्रचार नगर्नुस यसले नकारात्मक प्रभाव पार्छ र खाएर दुःख दिन्छन् भने ।’

नेपाली काँग्रेसका कतिपय नेताहरुले समेत गाँजालाई वैधानिकता दिनुपर्छ भन्दै उफ्रिएको स्मरण गर्दै उनले काँग्रेसको महाधिवेशनमा समेत यस विषयमा चर्चा हुने बताए । गाँजालाई औषधि प्रयोजनका लागि वैधानिकता दिनुपर्नेमा स्थापितको जोड थियो । 

Advertisement

Advertisement