नाडाको साधारण सभा तथा चुनाव मंसिरमा

Advertisement

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन आउँदो मसिंर २२ र २३ गते हुने भएको छ । शुक्रबार बसेको नाडाको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । यसअघि भदौ अन्तिम साताका लागि तोकिएको चुनाव कोरोना संक्रमण दर बढेसँगै स्थगित भएको थियो । 

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । यस पटक अध्यक्षको प्रत्यासीको रुपमा करण चौधरी र ध्रुव थापा देखिएका छन् । 

Advertisement

कार्यसमिति बैठकमा अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन ट्राफिक ज्याकेटलगायत, जनचेतनामूलक स्टिकर, र कोभिड विरुद्धको मास्क समेत प्रदेश सञ्जालमा पठाइएको बताए । ती सामानहरु ट्राफिक कार्यालयहरुमार्फत वितरण गरिने छ । नाडाले गत भाद्र २५ गते त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो ।

Advertisement

Advertisement