कामना सेवाको ‘केएस डिजी’ डिजिटल वालेट सेवा सञ्चालन

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै  छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको छ ।  

यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु ऋपलोड गरी ‘केएस डिजी’ वालेट खोल्न सक्ने छन् ।  

Advertisement

विहीबार एक कार्यक्रमका बीच बैंकका प्रमुख  कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको सुभारम्भ गरेका हुन् ।  यस डिजिटल वालेट खोल्न एपमा फेस रिकग्नीशन गर्न सक्ने अफिसियल इन्टेलिजेन्स(एआई)  को प्रयोग भएको छ ।  साथै, एकाउन्ट ओपनिङ, लोन एप्लिकेशन, इन्टर अपरेवल क्यूआर, एमक्यास लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । 
 

Advertisement

Advertisement