एभरेष्ट प्रिमियर लिगको लागि शाहिद अफ्रिदीसहित ‘काठमाडौँ किङ्गस ११’ टीम घोषणा

Advertisement

काठमाडौँ । ‘काठमाडौँ किङ्गस ११’ ले चौँथो संस्करणको एभरेष्ट प्रिमियर लिगका लागि टीम सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित उक्त समारोहमा “काठमाडौँ किङ्गस ११” का कप्तान सन्दिप लामिछाने र पाकिस्तानी टीमका पूर्वकप्तान शाहिद अफ्रिदी सहित टीमहरुको छोटो परिचयात्मक जानकारीका साथ सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा काठमाडौँ किङ्गस ११ ले जर्सी नं सहित आफ्ना खेलाडीहरुको घोषणा गरेको हो । पाकिस्तानी राष्ट्रिय टीमका पूर्व कप्तान शाहिद अफ्रिदीले जर्सी नं १० लगाएर खेल्ने छन् भने यस्तै ख्यातिप्राप्त अर्को अन्तराष्ट्रिय खेलाडी जनप्रकाशले १६ नं को जर्सी लगाएर खेल्ने छन् । अफगानी सशक्त व्याट्सम्यान रेहमानुल्लाह गुर्वाजले भने २८ नं को जर्सी लगाउने छन् । काठमाडौँ किङ्गस ११ का कप्तान अन्तराष्ट्रिय स्तरमा नै आफ्नो बलिङ्ग प्रतिभा प्रदर्शन गरिसकेका सन्दिप लामिछानेले भने जर्सी नं २५ लगाउने छन् । 

Advertisement

अरु राष्ट्रिय स्तरका खेलाडीहरु गुल्शन झाले जर्सी नं १५, सुवास खकुरेलले जर्सी नं २६, सिद्धान्त लोहनीे जर्सी नं १७ जितेन्द्र मुखियाले जर्सी नं ६५ लगाएर मैदानमा उत्रिने छन् । यस्तै अमित श्रेष्ठ २७ नं जसीर्, राजु रिजाल ५ नं जर्सी, अमर सिङ्ग रौटेला ८१ नं जसीर्, शेर मल्ल ५८ नं जर्सी, सम्सद शेख ७ नं जर्सी, दिपेन्द्र रावत ९ नं जर्सी, आकाश चन्द २४ नं जर्सी र रायन वर्ल ५४ नं को जर्सी लगाएर उत्रने छन् ।

६ टीमले प्रतिस्पर्धा गर्ने यो ईपीएल यही असोज ९ गते देखि असोज २५ गतेसम्म कीर्तिपुरको टीयु मैदानमा हुँदैछ । काठमाडौँ किङ्गस ११ ले पहिलो चरणमा असोज ९ गते  ललितपुर पाट्रीएट्स, असोज ११ गते बिराटनगर वारियर्स, असोज १२ गते पोखरा राइनोजसँग, असोज १४ मा चितवन टाइगर्स र असोज १६ गते भैरहवा ग्लाडिएर्टससँग प्रतिस्पर्धा गर्नेछ । 

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौँ किङ्गस ११ टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट रहेकोे छ भने स्मार्टफोन पार्टनर नोकिया, गोल्ड पार्टनर शिवशक्ति ग्रुपको ‘फेमिली आयल’ र ‘उर्जा राइस’, बैकिङ्ग पार्टनर ‘सिद्धार्थ बैँक’ र इलेक्ट्रिफाइड पार्टनर ‘लिट्मस केवल’ रहेका छन् । 
 

Advertisement

Advertisement