असोज ८ देखि १५ गतेसम्म भृकुटीमण्डपमा ‘महाचाड महामेला यामाहाको महाएक्सचेञ्ज मेला’

Advertisement

काठमाडौँ । एमएडब्लु इन्टरप्राइजेज (नेपालको लागि यामाहा बाइकहरु र मोटरसाइकलहरुको आधिकारिक वितरक) ले यो वर्षको दशैं तिहार लक्षित गरेर पुरानो बाइक एक्सेञ्ज गरी नयाँ यामाहा बाइक वा स्कूटी घरमा भित्राउने महामेला आयोजना गरिरहेको छ । 

असोज ८ गतेदेखि १५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजद्वारा नेपालकै सबैभन्दा भव्य एक्सेञ्ज कार्यक्रम यामाहा महा एक्सेञ्ज मेलाको संचालन गरिएको हो । 

Advertisement

पुराना कुनै पनि ब्राण्डका बाइक तथा स्कूटीहरुसँग सट्टापट्टा गर्ने समेत सुविधा भएको उक्त महामेलामा कुनै पनि पुरानो बाइकको मुल्य बजारमा प्रचलित रहेको भन्दा रु. १०,०००/- बढी मुल्याँकन गरिने ग्यारेन्टी रहेको छ । साथै हरेक दिन टेस्ट राइड गर्नेहरुमध्येबाट एकजनालाई सुन उपहारको व्यवस्था गरिएको छ भनें शुन्य प्रतिशत ब्याजदर, न्यून डाउनपेमेन्ट र न्यून मासिक किस्तासहितको अन द स्पट फाइनान्सको सुविधा पनि उक्त महामेलाको प्रमुख आकर्षण रहनेछ । 

यामाहा प्रेमी ग्राहकहरुलाई प्रदान गरिने उपहार सुविधाका अलावा यस मेलामा नेपाली बजारमा अत्यन्त लोकप्रिय रहेको एफ जेड भि ३ को यामाहा बाइक नयाँ प्रविधि एक्स कनेक्टका साथ पेश गरिने भएको छ । उपभोक्ताहरुका लागि दशैं तिहारको अवसर पारेर स्क्य्राच गर्दा रु.१ लाखसम्म नगद उपहार पर्ने, तथा हरेक हप्ता लक्की ड्रमा ४ तोला सुनको एक्का र बम्परमा १२ तोला सुनको एक्का उपहार पर्ने रेस फर द एस अफर योेजना पनि संचालन गरिरहेको कम्पनीले जनाएको छ 

Advertisement

Advertisement