आज (असोज १०)को राशिफलः कस्तो रहला तपाईंको व्यापार, व्यवसाय, शेयर कारोबार ?

आज २०७८ साल आश्विन महिनाको १० गते आइतबार, आश्विन कृष्णपक्षको पञ्चमी तिथि, उप्रान्त षष्ठी तिथि रहेको छ । आज सोह्रश्राद्ध अन्तर्गत षष्ठी श्राद्ध रहेको छ ।

मेष 
शारीरिक कमजोरीले पिरोल्ने छ । मनोबलको कमि हुन जाँदा दृढताको अभाव हुने व्यक्तित्व देखिने छ ।साझेदारीमा गरिएका कामबाट भने सफलता हात लाग्ने छ । जीवनसाथिको साथ वा सल्लाह अनुसार काम गरेमा सफलता प्राप्त हुने छ । शेयर क्षेत्र जोखिमपूण रहने छ । 

वृष
व्यक्तित्वमा निखारता देखा पर्ने छ । बौद्धिक व्यक्तित्व बन्ने हुँदा मान सम्मान र आदर पाइने छ । पेशागत जीवनमा भने उल्झनहरुको सामना गर्नु पर्ने भएकाले धैर्य भएर पाईला चाल्नु होला । अनावश्यक स्थानमा झैझगडाबाट गुज्रनु पर्ने छ । शेयर क्षेत्र औसत रहने छ । 

मिथुन 
भाग्यको साथ नरहेकाले काम गर्ने तर पनि अपजस खेप्नु पर्ने परिस्थिति आउने छ । मनमा निराशाका विचारहरुले सताउने छ । पेशागत जीवनमा उतार चढावको अवस्था देखा पर्ने भएकाले सतर्क भएर कदम चाल्नु होला । समय सतर्क हुनु पर्ने खालको छ ।  शेयर क्षेत्र भने सकारात्मक बन्ने छ । 

कर्कट
आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । पेशागत जीवनमा भने अस्थिरताको सामना गर्नु पर्ने छ । यसले गर्दा व्यक्तित्वमा कमजोरीहरु देखा पर्ने छ । व्यापार गरिरहेको हकमा धेरै उत्साही भईहाल्ने समय रहेको छैन् भने रोजगारीमा रहेकाहरुको हकमा समय औसत रहन्छ । शेयर बजार सकारात्मक बन्ने छैन् । 

सिंह
आम्दानी गर्नु पर्दछ है भन्ने स्वाभावमा बृद्धि हुने छ । राजनीतिक क्षेत्रमा रहकोहरुलाई केही फाइदा मिल्ने छ, अरुको पेशाका हकमा समय औसत रहेको छ । सुख सुविधाका साधनहरु गुमाउनु पर्ने चुनौति देखिन्छ  । होटल, रेष्टुरेण्ट, घर घडेरी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्र केही मात्र सकारात्मक बन्ने छ । 

कन्या
चतुरताको अभाव हुने छ । पेशागत जीवनमा उतार चढाव आउने भएकाले धैर्य भएर पाइला चाल्नु होला । कार्यालय तथा व्यापारीक क्षेत्रमा आउने द्वन्दमा आफ्नो अवस्था कमजोर हुने भएकाले यसबारेमा सतर्क भई चल्नु राम्रो हुने देखिन्छ । शेयर क्षेत्र संयमित हुनु पर्ने खालको छ । 

तुला
पेशागत पक्ष सकारात्मक नै रहन्छ तर प्रतिष्पर्धीहरुसँग बढि जुध्नु पर्ने छ । मनमा दुविधाका क्षणहरु धेरै आउने छन् । आम्दानीमा कमि आउँदा पारीवारिक दबाब उत्पन्न हुन जाने छ । अध्ययन अध्यापनमा तिब्रता आउने छ । शेयर बजार सकारात्मक बन्ने छ ।

वृश्चिक
पेशागत जीवनमा औसत समय सक्रिय रहेको छ । दृढ खालेको व्यक्तित्व हुने छ । पारीवारिक जीवनमा भने झैझगडाको अवस्था देखा पर्ने छ । भाग्यको साथ नरहेकाले कार्यसफलता कम हुन जाँदा मनमा निराशा देखा पर्ने हुँदा निराश नभई कर्मशिल बन्ने प्रयास गर्नु होला । शेयर बजारमा उत्साही भइहाल्ने समय देखिँदैन् । 

धनु 
प्रभावकारी बोली हुने छ । समय सकारात्मक देखिन्छ । पेशागत जीवनमा राम्रो नतिजाहरु देखा पर्ने छन् । नोकरी तथा व्यापारमा रहेकाहरुलाई लाभ मिल्ने छ । घर घडेरीसँग सम्बन्धि व्यवसाय गर्नेहरुको हकमा भने समय अझै प्रतिकुल देखिन्छ । शेयर क्षेत्रले प्रतिफल दिने छैन् । 

मकर 
अरुले हेर्दा र आफूलाई पनि मनोबल कमजोरी भएको महशुस हुने छ । मनमा उदासिनताको मात्रा बढ्न जाँदा निराशाले गाँज्ने छ । दुविधाग्रस्त व्यक्तित्व हुने छ । साझेदारीमा गरिएका कामले भने शुभ नतिजा दिने छन् । शेयर बजार सकारात्मक देखिन्छ । 

कुम्भ 
पेशागत क्षेत्र सकारात्मक हुने छ । भाग्यवान ठहरिने छ । तर बोलीमा भने कटुताको मात्रा बढि हुने भएकाले यस विषयमा ध्यान दिनु होला । पारीवारिक जीवनमा द्वन्दको सामना गर्नु पर्ने छ । ठेक्कापट्टा, निर्माण सामग्री, डण्डि, सिमेण्ट जस्ता क्षेत्रमा कार्यरतहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र सकारात्मक हुने छ ।

मीन
धन सम्पत्तिको अभिबृद्धि हुने छ । पेशागत जीवन औसत रहने छ । व्यक्तित्वमा दृढता बढ्ने छ, त्यसैले कसैले हेप्न सक्ने छैनन् । तर रिस बढि हुने भएकाले नियन्त्रणमा ध्यान दिनुहोला ।साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्न जाने छ । शेयर क्षेत्र सकारात्मक रहने देखिन्छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)