नेपाल घुम्दै २६ देशका राजदूत तथा प्रतिनिधि, पोखराबाट नेपाल खुलाको सन्देश दिइदैँ

Advertisement

काठमाडौं । कोरोना महामारीपछिको पर्यटक आगमनमा सहजीकरण गर्न र नेपाल पर्यटकका लागि खुला छ भन्ने सन्देश दिन विभिन्न २६ देशका राजदूत तथा प्रतिनिधिले पोखराबाट एकैसाथ ‘पर्यटकका लागि नेपाल खुला छ हामी घुम्दै छौं’ भन्ने सन्देश दिने भएका छन् । गण्डकी प्रदेशको आयोजना र नेपाल पर्यटन बोर्डको समन्वयमा नेपालमा रहेका विभिन्न देशका प्रतिनिधिले पोखरा घुम्ने र नेपाल घुम्न आउन सकिने सन्देश दिन खोजिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार महामारीपछि पर्यटकका लागि नयाँ स्वास्थ्य प्रोटोकल आएपछि धेरै देशलाई सकारात्मक सन्देश दिन खोजिएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले भने ‘नेपाल पर्यटकलाई खुला छ हामी घुम्दै छौ भन्ने सन्देश विभिन्न देशका राजदूत तथा प्रतिनिधिमार्फत दिन खोजिएको हो ।’

Advertisement

रेग्मीले कर्पोरेट नेपालसगँ भने २६ देशका राजदूत र प्रतिनिधि नेपाल घुम्दैछन् र अब नेपाल पर्यटकका लागि खुल्यो भन्ने सकारात्मक सन्देश विश्वभर एकैपटक दिन खोजिएको हो ।’ हामीले तीन दिन विभिन्न देशका राजदूत तथा प्रतिनिधिलाई घुमाउने र सोमबार मनाइदै गरेको विश्व पर्यटन दिवसको अवसरमा नेपालको सकारात्मक सन्देश अन्तर्राष्ट्रिय समूदायलाई दिन खोजिएको पनि र्सीईओ रेग्मीले जानकारी दिए ।

विभिन्न देशका राजदूत तथा प्रतिनिधि आइतबार नै काठमाडौंबाट पोखरा जाँदै छन् ।  सबै प्रतिनिधि अपरान्ह ४ बजे पोखरा पुगिसक्ने छन् । उनिहरूको स्वागतका लागि गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड तयारी अवस्थामा बसेको छ । नेपालमा पर्यटकका लागि अनअराइभल भिसा खुलेको, खोप लगाएका पर्यटकले क्वारेन्टिनमा बस्नु नपर्ने र निर्वाध रूपमा घुम्न सकिने सकिने सन्देश ती राजदूत तथा प्रतिनिधिले दिने गरी उक्त कार्यक्रम आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
 

Advertisement

Advertisement