मानुषी लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि शेयर कारोबार हुने, ओपन रेञ्ज कति ?

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाको १० लाख ९३ हजार ७ सय ५० कित्ता साधारण शेयर(आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ । 

कम्पनी र नेप्सेबीच प्रतिशेयर अंकित तथा चुक्ता मूल्य रु. १००/- भएको उक्त शेयर सूचीकरण सम्बन्धी आज सम्झौता भएको हो । 

कम्पनीले हालै सर्वसाधारण समक्ष नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड मार्फत ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ बिक्री गरेको थियो । कम्पनीका संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता समेत गरी १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । 

नेप्सेको असोज ७ गतेको निर्णय अनुसार आज उक्त शेयर सूचीकरण भएको हो । अब भोलिबाट कम्पनीको शेयर दोस्रो बजारमा कारोबार शुरु हुनेछ । शेयर कारोबारका लागि रु. १३२.६८ देखि ३९८.०७ रुपियाँ ओपन रेञ्ज दिइएको नेप्सेले जनाएको छ ।