भिल्लारियलसँग बराबरीमा रोकियो रियल, एट्लेटिकोलाई डिर्पोटिभो अलाभेसको नमिठो झट्का

Advertisement

एजेन्सी (म्याड्रिड) । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा शीर्षटोली रियल भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो ।

प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली रियलले ४९ प्रतिशत बल पोसेसन राखेको थियो । रियललाई कडा टक्कर दिएको पाहुना टोली भिल्लारियलले ५१ प्रतिशत बल पोसेसन राख्न सफल भयो । रियलले १५ वटा पोस्ट प्रहार गर्दा भिल्लारियलले ६ वटा पोस्ट प्रहारको अवसर बनायो ।

Advertisement

रियलको लगातार प्रयासमा भिल्लारियलका गोलरक्षक जेरोनिमो रुल्ली बाधक बने । जारी लिगमा उच्च लयमा देखिएका रियलका कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियर खेलभर भिल्लारियलका डिफेन्सको नियन्त्रणमा परेका थिए । यसअघि बेन्जेमाले आठ र भिनिसियसले पाँच गोल गरिसकेका छन् । भिल्लारियलको प्रहारलाई पनि रियलका गोलरक्षक थिवाउट कोर्टुवाले विफल पारेका थिए । रियलका सेन्टर ब्याक इडर मिलिटाओ ‘म्यान अफ दी म्याच’ भए । 

बराबरीसँगै लिगमा अपराजित यात्रा कायम राखेको रियल शीर्षस्थानमा यथावत छ । सात खेलबाट पाँच जित र दुई बराबरी नतिजा निकालेको रियलको १७ अंक छ । रियलसँग अंक बाँडेको भिल्लारियल आठ अंक सहित १०औं स्थानमा छ ।

शनिबार रातिनै भएको खेलमा साविक विजेता एट्लेटिकोलाई डिर्पोटिभो अलाभेसको नमिठो झट्का लागेको छ । अलाभेसको जितमा भिक्टोर लागुरडिया नायक बने । भिक्टोरले चौथो मिनेटमै रुबेन डुअर्टेकोे पासमा गोल गरेका थिए । हारपछि तेस्रो स्थानमा झरेको एट्लेटिको म्याड्रिडको १४ अंक छ । लिगमा पहिलो जित निकालेको अलाभेस तीन अंक सहित १९औं स्थानमा छ ।

अर्को खेलमा स्पान्योललाई २–० गोलले हराउँदै सेभिया दोस्रो स्थानमा उक्लियो । सेभियाको जितमा युसुफ इन नासेरीले १३औं र राफा मिरले ८७औं मिनेटमा गोल गरे । जितसँगै सेभियाको ६ खेलबाट १४ अंक पुगेको छ । पराजित स्पान्योल ६ अंक सहित १५औं स्थानमा छ । अर्को खेलमा भ्यालेन्सिया र एथलेटिक बिल्बाओले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Advertisement

Advertisement