शेयर बजार फेरि घट्यो: म्युचुअल फण्डबाहेक सबै राताम्मे, साढे ६ अर्बको मात्रै कारोबार

Advertisement

काठमाडौँ । शेयर बजारमा फेरि पहिरो गएको छ । केही समयदेखि लगातार घटिरहेको बजारमा गतसाता केही सुधार आए पनि आज पुनः उच्च अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ६१.२७ अंकले घटेको हो । २.१७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७५८.४८ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २३३ कम्पनीका १ करोड ४४ लाख ९४ हजार २ सय ६० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० रुपियाँ बराबरको कारोबार भएको हो । 

नेप्सेका अनुसार आज म्युचुअल फण्ड बाहेक सबै समूह राताम्मे भएका छन् । म्युचुअल फण्ड भने ०.०३ अंकले बढेको छ । सबैभन्दा बढी जीवन बीमा समूह ३७१.३१ अंक, निर्जीवन बीमा समूह ३५६.७६ अंक र वित्त समूह १५६.१७ अंकले घटेको हो । 

आज मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने सबैभन्दा बढी आईसीएफसी फाइनान्सका लगानीकर्ताले ८.९८ प्रतिशतले घाटा व्यहोरेका छन् । अरुण भ्याली हाइड्राको उच्च कारोबार भएको छ । अरुण भ्यालीको ३३ करोड ९५ लाख ७३ हजार ६ सय ५५.१० रुपियाँ बराबरको कारोबार भएको हो । 

गत भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार भएकोमा उक्त रकम पनि घट्दै आएको छ । 

Advertisement

Advertisement