‘टीभीएस छ प्राइजको सरप्राइज’ योजनामा सप्तरीका राजकुमारले पाए १० लाख

काठमाडौँ । नेपालीहरुको महान् चाडपर्वहरुलाई लक्षित गर्दै टिभिएसले ल्याएको ‘टीभीएस छ प्राइजको सरप्राइज’ योजना अन्तर्गत सप्तरीका राजकुमार साहले १० लाख रुपियाँ हात पारेका छन् । उनले टीभीएस अपाचे आरटीआर १६० ४भी किन्नु अगाडि रु. ७,००० पहिला नै हात पारिसकेका थिए भने खरिद गर्ने क्रममा १० लाख धनरासी हासिल पारेका हुन् ।

जगदम्बा मोटर्स टीभीएसलाई धन्यबाद दिदै उनले भने, ‘मलाई त पत्यारै लागेको थिएन १० लाख जित्दा, यस धनराशीले मेरो चाडबाडलाई अझ बढी खुशीमय बनाएको छ । 

६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले बिभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी बिभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्नेछन् । यो योजना भदौ १० गतेबाट प्रारम्भ भर्इ सम्पूर्ण चाडपर्वहरुको समापन पछि समाप्त हुनेछ । यस योजना मुलुकभरिका सम्पूर्ण टीभीएस शोरुमहरुमा उपलब्ध हुनेछ।

चाडपर्वको हर्षको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न यस योजनाले एक पटक, दुइ पटक मात्र नभएर पुरै ६ पटकसम्म प्राइजको सरप्राइज प्रदान गर्ने छ । यस योजना अन्तर्गत ग्राहकले किन्दै नकिनी टीभीएसनेपालडटकम÷दशैँमा गएर रु. १ लाख सम्म जित्न सक्नेछन् भने सवारी खरिद गर्दा १० लाखसम्म नगद हात पार्न सक्नेछन् । यति मात्र नभएर दैनिक एक थान रिलयमी सी२० स्मार्ट फोन पनि ग्राहकको लागि उपहार स्वरुप राखिएको कम्पनीले जनाएको छ ।

योजनाले ग्राहकलाई हरेक हप्ता शत प्रतिशत क्यास ब्याकको अफर समेत राखेको छ । जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टीभीएस अपाचे आरआर ३१० त्ख्क् पाउने अवसर समेत रहेको छ । यस योजनाको मुख्य सरप्राइज चाहिँ यसको बम्पर प्राइज नै रहेको छ, जहाँ १ जना भाग्यमानी ग्राहकले योजनाको अन्त्यमा टीभीएसको सवारी सँगै प्रोटोन सागा कार घर लैजाने छन् ।

योजना अवधी भर सम्पूर्ण बिजेताको छनौट प्रत्यक्ष गोलाप्रथामार्फत हरेक आइतबार साँझ ७ बजे हिमालयन टीभीबाट प्रशारण गरिने कम्पनीले जनाएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरु रहेका छन् ।