रेनोको शुभ कार-रम्भ योजनामा ग्राहकलाई ३ लाखसम्म फाइदा

Advertisement

काठमाडौँ । नेपालमा रेनो गाडीहरुको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले ‘रेनो शुभ कार.-रम्भ’ योजनाको शुरुवात गरेको छ ।

चाडपर्वको अवसरमा ल्याइएको उक्त योजनामा रेनो गाडीको खरिदमा ग्राहकहरुले नगद रु ३ लाख सम्मको कुल फाइदा प्राप्त गर्न सक्ने छन् । 

Advertisement

ग्राहकहरु यस योजना अन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निःशुल्क सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिङ र ५ बर्षसम्म वारेन्टी जस्ता सेवाहरुबाट लाभान्वित हुनेछन् । यी आकर्षक अफरहरु ग्राहकको खुशीका महत्वपूर्ण पलहरु हुने कम्पनीको विश्वास छ । 

यो उत्सवको मौसममा रेनो कारको खरिदका साथ ग्राहकहरुले आनन्द प्राप्त गर्न सक्ने छन् । रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement