चीनतर्फको सीमा विवाद अध्ययन गर्न बनाइएको समितिले प्रतिवेदन बुझायो

Advertisement

काठमाडौं । हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्म नेपाल रचीनबीच रहेको भनिएको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई आइतबार प्रतिवेदन बुझाएको छ । 

समितिका संयोजक जयनारायण आचार्यले मन्त्री खाँणलाई बुझाएका हुन् । गोप्य राखिएको उक्त बुझ्दै मन्त्री खाँणले समितिले स्थलगत अध्ययन गरेर सत्यतथ्य पत्ता लगाई तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने बताए । 

Advertisement

उनले भने, ‘यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य तथ्य जानकारी समेटेर प्रतिवेदन बनाएका हुन् । यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ । अध्ययनमा यहाँहरूले औँल्याउनुभएका विषयवस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।’

समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप पाल र राष्ट्रिय अनुसन्धान विभागकका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य छन् ।

Advertisement

Advertisement