अफगानिस्तानमा अब दारी फाल्न नपाइने, तालिवानले लगायो शरिया कानुन

Advertisement

एजेन्सी । अफगानिस्तानको सत्तामा आएको कट्टपन्थी तालिबानले नाऊहरूलाई दाह्री काट्न बन्द गर्न उर्दी जारी गरेको छ । दारी काट्नु इस्लाम धर्मविपरित हुने भन्दै तालिवानले अफगानिस्तानको हेलमन्ड प्रान्तमा यस्तो प्रतिबन्ध लगाएको हो ।

विशेषगरी महिलाहरूप्रति अनुदार मानिदै आएको तालिवानले दारी फाल्न पनि कडाई गरेको हो । उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिने चेतावनी पनि दिइएको छ । अमेरिकी नियन्त्रण कायम रहेको बेला शहरी क्षेत्रका मानिसहरूले दारी फाल्ने, मिलाउने गरे पनि अहिले भने त्रसित हुन थालेका छन् । 

Advertisement

तालिवानले यस्तो निर्देशन हेलमन्ड प्रान्तमा मात्रै नभएर राजधानी काबुलमा पनि दारी नफाल्न निर्देशन दिन थालेको नाऊहरूले बताउन थालेका छन् । चौतर्फी विरोधपछि अन्तरिम सरकारमा महिला प्रतिनिधि राख्न लचक भएका तालिबानले पहिला जस्तो कट्टर नहुने बताए पनि दारी फाल्न कठाई गरेको हो । 

शरिया कानुन मान्न जनतालाई दबाब दिँदै आएको तालिवानले विद्यालयमा छात्राहरूलाई पढ्न जान दिन अवरोध गरिरहेका छन् । राजा जाहिर शाहलाई अपदस्त गरेसँगै शान्त अफगानिस्तान सधैं अस्थिर र अशान्त रहँदै आएको छ । ठूला शक्ति राष्ट्रको सैन्य हस्तक्षेपका कारण सो मुलुकका लार्खौ निर्दोष जनताले ज्यान गुमाउनु परेको छ भने लाखौं अंगभंग भएका छन् । 

Advertisement

Advertisement