हिमालयन बैंक सञ्चालक समितिको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन

Advertisement

काठमाडौँ । हिमालयन बैंक सञ्चालक समितिको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन् । 

सञ्चालक समितिको बुधबार बसेको बैठकले श्रेष्ठलाई सोही दिनदेखि लागु हुने गरी अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । यसअघि उनी बैंकको सञ्चालक रहेका थिए । 

Advertisement

यसअघि कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक रही तुलसीप्रसाद गौतम अध्यक्ष थिए । तर उनको स्थानमा कोषका तर्फबाट जीतेन्द्र धिताल सञ्चालक चयन भए पछि अध्यक्ष पद रिक्त थियो । 

रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक समितिको हिजोको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव बिपिन हाडाले जनाएका छन् । 

Advertisement

Advertisement