लालीगुराँस सहकारी २३औं बर्षमा, ‘अनर्गल प्रचारले हामीलाई असर पर्दैन्’

Advertisement

ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २३औं ंवर्षमा प्रवेश गरेको छ । यस अवसरमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजना अघि बढाउँदै लैजाने बताए । 

उनले पछिल्लो समय संस्थाविरुद्ध भएका केही अनर्गल प्रचारले संस्थालाई कुनै असर नपर्ने बताए । करिव २५  हजार शेयर सदस्यको लगानीमा सञ्चालित संस्थाले आगामी दिनमा थप प्रगति गर्दै अघि बढ्ने श्रेष्ठको भनाई छ । उनले भने, ‘केही सञ्चार माध्यम  र सामाजिक सञ्जालमा संस्थाको विषयमा भएको टिका टिप्पणी आधारहीन छ । यसले शेयर सदस्य र संस्थालाई कुनै असर पुगेको छैन् । हामी यो विश्वस्त दिलाउन चाहन्छौ कि जनताको सेवामा समर्पित संस्थाले शेयर सदस्यको सुझाव र सल्लाहलाई सदैव कदर गर्नेछौं ।’

Advertisement

लालीगुराँस देशकै ठूलो सहकारी संस्थाको रुपमा चिनिन्छ जसले जलविद्युत आयोजनादेखि देशकै ठूलो गाईपालन फार्म, डेरी उद्योग, अस्पताल, कलेजलगायतमा लगानी गरेको छ । ललितपुर महानगरपालिका र संस्थाबीच भएको विवाद अदालतबाटै फैसला हुने जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले भने, ‘हामी कानुनको विरुद्धमा कोहीपछि अघि बढ्न सक्दैन । महानगरपालिकासँग भएको मुद्दा सम्मानित उच्च र सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा कानुन अनुसार नै अघि बढ्नेछौं ।’

लालीगुराँसले काठमााडौंकोे चाबहिल र न्युरोड, ललितपुरको चापागाउँ, भक्तपुरको कौशलटार र सूर्यविनायक  र  चितवनको पर्सामा सदस्य सुविधा काउन्टर संचालन गरेको छ ।  गतवर्षदेखि संस्थाले पुल्चोकस्थित मुख्य कार्यालयमा एटिएम सेवा पनि सञ्चालन गरिसकेको  छ । संस्था अन्तर्गतका विभिन्न क्षेत्रमा करिब चार सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको यो संस्थाले थप सदस्य सुविधा काउन्टर खोल्ने तयारी तयारी गरेको जनाएको छ । संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले संस्थाको लागानीमा सञ्चालित डेरी उद्योगलाई मुलुककै उत्कृष्ट उद्योगको रुपमा विकास गर्ने बताए । 

Advertisement

Advertisement