विश्वमै सबैभन्दा धेरै बर्ष जीवित नाताबेको १२७ बर्षको उमेरमा मृत्यु

Advertisement

एजेन्सी । विश्वमै सबैभन्दा धेरै बर्ष जीवित रहेको दावी गरिएका इरिट्रियाका  नाताबे तिन्सीउको १२७ बर्षको उमेरमा निधन भएको छ । स्थानीय चर्चले गरेको जन्मदर्ताअनुसार उनी १८९४ मा जन्मिएका थिए ।   

इरिट्रियाको अजिफा गाउँका नाताबेलाई विश्वमै धेरै बर्ष बाँच्ने व्यक्तिको रुपमा विश्व कीर्तिमान लेख्ने तयारी उनको परिवारले गरेको छ । उनका नाति जेरे नाताबेले यति लामो समय बाँच्नुको कारण आनन्दित जीवन र उदारता भएको बताएका छन् । 

Advertisement

नाताबेको परिवारले भने चर्चको रेकर्डभन्दा पहिले उनी जन्मिएको दावी गर्दै आएको छ । उनको परिवारका अनुसार नाताबे सन् १८८४ मा जन्मिएका थिए । इसाई धर्मअनुसार १० वर्षको उमेरमा उनलाई चर्चमा प्रवेश गराइ उनको नाम दर्ता गरिएको थियो। परिवारको दावी अनुसार नाताबे १३७ बर्षका हुन्छन् । 

सन् २०१४ मा गाउँमा विशेषरुपमा उनको १२०औँ जन्मदिन समेत मनाएको स्थानीयको स्मरण छ । यसअघि सन् १९९७ मा जन्मिएकी १२२ वर्षमा मृत्यु भएकी फ्रान्सेली महिलालाई सबैभन्दा धेरै बाँच्ने मानिसको रुपमा मानिदै आएको थियो । नाताबेले आफ्ना पाँच पुस्ता देखेर मरेका हुन् । 

Advertisement

Advertisement