डिशहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार

Advertisement

काठमाडौं । डिशहोम फाइबरन सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार भएको छ । कम्पनीका बिक्री प्रबन्धक मनोज शर्माले देशका प्रमुख शहरमा सेवा विस्तारका क्रममा यी ठाउँमा पुग्न सफल भएको हो । 
डिशहोम फाइबरनेट राजधानी काठमाडौंसहित भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र बिराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ । छिटै नेपालगञ्ज, धनगढी र नारायणघाटमा पनि पुग्दै शर्माले बताए । 

डिशहोम फाईवरनेट नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन गरेको छ । असोज ११ गतेदेखि लागू यो योजना अन्तरगत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहक स्पेन घुम्न जान पाउने छन् । गोलाप्रथाबाट यस्ता बिजेता छनोट गर्ने क्रममा डिशहोमको रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र अन्य च्यानलबाट प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनायो ।  

Advertisement

Advertisement

Advertisement