दशैंमा घर जानेलाई छैन सस्तो टिकट, हवाई भाडा कहाँको कति ?

Advertisement

काठमाडौं । दशैं नजिकिएसँगै हवाई जहाज चढेर यात्रा गर्ने हवाई यात्रुका लागि सस्तो टिकट सकिएको छ । आन्तरिक वायुसेवा कम्पनीहरूले दशैं अगाडिलाई सस्तो टिकट बिक्री गर्ने गरेको भएपनि दशैं लागेपछि भने सस्तो टिकट बन्द गरेर महंगो टिकट मात्रै खुलाएका छन् ।

आन्तरिक वायुसेवा कम्पनीले घटस्थापना लागेदेखि आन्तरिक उडानका गन्तव्यमा नर्मल भाडादर (महंगो) टिकट मात्रै खुला गरेका छन् । वायुसेवा कम्पनीका अनुसार एकतर्फी यात्रु हुने, हवाई उडानका वायुसेवाको उडान सिमित सिट क्षमता भएको र दशैंमा धेरै यात्रुको गतिविधि हुने हँुदा यात्रु खाँचो नहुनेले भएकोले पनि सस्तो टिकट बन्द गरेर महंगो मात्रै खुला गर्ने गरेका छन् ।

Advertisement

आन्तरिक वायुसेवा कम्पनीले नियमित उडानका गन्तव्यमा काठमाडौंबाट पोखरा, भैरहवा, सिमरा, नेपालगन्ज, धनगढी, भरतरपुर, भद्रपुर, जनकपुर, तुम्लिङटारसहितका गन्तव्यमा नियमित उडानको सेवा दिने गरेका छन् । यी गन्तव्यमा जाने यात्रुहरूले अन्य समयको तुलनामा भने महंगो भाडा तिर्नुपर्ने हुन्छ । आन्तरिक उडानको गन्तव्य पोखरा जान पनि अन्य समयमा दुई हजार रुपियाँमै पाइने टिकट अहिले कम्तिा ३४ सय रुपियाँ पुगेको छ ।

पोखराका लागि सबै वायुसेवाको टिकट ३४ सय रुपियाँदेखिद ५०३५ रुपियाँसम्मको रहेको छ । यस्तो टिकट २१ गते घटस्थापनको लागि न्यूनतम ३४ सय रुपियाँ तोकिएको छ भने २६ गते फूलपातीको दिनको लागि भने न्यूनतम भाडादर नै ४४१० रुपियाँ तोकिएको सम्बन्धित वायुसेवा कम्पनीले जानकारी दिएका छन् ।

आन्तरिक वायुसेवा कम्पनीले घटस्थापनको लागि तय गरेको टिकट फूलपातीको दिनसम्म पुग्दा भने केही महंगो गरेका छन् । यस्तो हवाई भाडादर नेपाल नागरिक उड्डयन प्रधिकरणले तोकेको न्यूनतम र अधिकतम सीमाभित्रै हुने भएपनि दशैंमा एकतर्फी मात्रै यात्रु हुने गरेको वायुसेवा कम्पनी बताउँछन् ।

आन्तरिक वायुसेवाले न्यूनतम भन्दा माथिको र अधिकतम भन्दा कमको टिकट मात्रै बिक्री गर्ने गरेको वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ । संघका अनुसार आन्तरिक वायुसेवाले दशैंलाई भाडादर बढाएर महंगो नबनाएको भएपनि लिन पाउने भाडादरको सीमा अनुसार नै हवाई भाडादर कायम गरेको बताएका छन् ।

आन्तरिक उडानमा वायुसेवा कम्पनी थप भएका छन् भने वायुेवाले उडान पनि थप गरेर सेवा दिने गरेको छ । यो दशैंका लागि गुण एयरलाइन्सले सेवा सुरु गरेको छ । यो वायुसेवाले पाँच वटा जहाज तयार गरिसकेको छ भने दशैंसम्मा नियमित उडानका नेपालगन्ज, सिमरा, भैहरवा, पोखरा, भैरहवा र तुम्लिङटारसहितको गन्तव्यमा उडान गर्ने भएको  छ ।

यति एयरलाइन्सले पनि हाल दैनिक २४ वटासम्म उडान गरिरहेको छ । यो वायुसेवाले नियमित उडानको गन्तव्यमा दशैंलाई उडान थप गरेर सेवा दिने भएको छ । बुद्ध एयरको जहाज संख्या नै बढी भएकोले यसको उडान र गन्तव्य अरु वायुसेवाको तुलनमा बढी छ । श्री एयरलाइन्सले पनि आन्तरिक उडानमा सेवा दिइरहेको यो वायुसेवाले पनि नियमित उडानमा यति र बुद्धसँगै प्रतिस्पर्धी वायुसेवाको रुपमा सेवा दिइरहेको छ ।

आन्तरिक वायुसेवाले उपलब्ध गराएको प्रमुख हवाई गन्तव्यहरूको हवाई भाडादर विवरण ।

Advertisement

Advertisement