साढे दुई महिनापछि कर्जा निक्षेप सन्तुलनमा केही सुधार, ३८ अर्ब रुपियाँ बढ्यो निक्षेप

Advertisement

काठमाडौं । गएको एक सातामा बैंकहरूमा ३८ अर्ब रुपियाँले निक्षेप संकलन बढेको छ । नेपाल बैंकर्स एशोसियशनले उपलब्ध गराएको तथ्यांकअनुसार असोज दोस्रो साता निक्षेप संकलन बढेको देखिएको हो ।

असोज पहिलो साता बैंकहरुको निक्षेप संकलन आठ अर्ब रुपियाँले मात्रै बढेकोमा दोस्रो साता सरकारी खर्च बढेकाले निक्षेप संकलनमा सुधार आएको हो । अघिल्लो साता प्रतिस्थापन विधेयक पास हुन नसकी बजेट होलिडे हुन पुगेको थियो । 

Advertisement

बैंकहरुले निक्षेप संकलन केही बढाए पनि कर्जा लगानी धेरै भएका कारण तरलता व्यवस्थापन गर्न भने सकेका छैनन् । गएको साता २७ वाणिज्य बैंकले ३९ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन् ।

असोज १५ गतेसम्ममा बाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४२ खर्ब १८ अर्ब रुपियाँ पुगेको छ भने कर्जा लगानी ३९ खर्ब ४२ अर्ब रुपियाँ पुगेको छ।

Advertisement

Advertisement