ठगी आरोपमा सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ

Advertisement

काठमाडौं । सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । उनलाई बैंकिङ कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । 

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा रहेको निक्षेपकर्ताले रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको हो । हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि उनलाई पक्राउ गरिएको ब्यूरोको भनाई छ । 

Advertisement

पूर्वसभासद तथा घरजग्गा व्यवसायी तामाङ सिभिल सहकारीको निक्षेप फिर्ता माग्ने क्रम बढेपछि समस्यामा थिए । नेकपा एमालेनिकट उनलाई पक्राउ गर्न सरकार परिवर्तन भएसँगै वातावरण बनेको हो । 

Advertisement

Advertisement