गायिका गिता भट्टराईले पाइन् ‘हिमालयन इन्टरनेशनल म्युजिक अवार्ड’

Advertisement

काठमाडौं । गायिका गिता भट्टराई ‘हिमालयन इन्टरनेशनल नेपाली म्युजिक अवार्ड, २०७८ बाट सम्मानित भएकी छिन् । ‘ए ठूले’ नामक गीत उत्कृष्ट पाँचमध्येमा परेकाले गायिका भट्टराईलाई हिमालयन नेपाली इभेन्ट प्रालिले सम्मान गरेको हो । राष्ट्रिय गायिका भट्टराईलाई सर्वोत्कृष्ट गायिका विधामा सम्मान गरिएको हिमालयन नेपाल इभेन्टले बताएको छ । 

यसअघि भट्टराई मेलोडी म्युजिक अवार्ड– २०७७ बाट पनि सम्मानित भएकी थिइन् । उक्त अवार्ड उनले ‘चन्द्रागिरी घुम्न जाँदा’ भन्ने गीतको बोलमा प्राप्त गरेकी हुन् । मेलोडी दरवार प्रालिले उनलाई सर्वोत्कृट विधामा सम्मान गरेको हो । 

Advertisement

त्यसरी नै भट्टराई ‘सहयात्रा म्युजिक अवार्ड–२०७६ र  शिवदर्शन प्रालिको ‘शिवदर्शन अवार्ड–२०७५ बाट पनि सम्मानित भएकी छिन् । देश र विदेशमा समेत गायन क्षेत्रमा आफ्नो प्रतिभा देखाएर स्थापित बन्न सफल भएकी चर्चित गायिका भट्टराईको एक सयभन्दा बढी एल्वम बजारमा आइसकेको छ ।

विदेशमा हुने विभिन्न कल्चर प्रोग्राममा समेत उनले आफ्नो गायनको माध्यमबाट आमदर्शकको मन जित्न सफल भएकी छिन् । यतिमात्रै होइन भारतले आयोजना गरेको कार्यक्रममा पनि उनले नेपाली गीत गाएर नेपालको नाम राखेकी छिन् ।  

Advertisement

Advertisement