आईएसपीको टेलिकमलाई सुझाव– २० अर्ब तिरेको फुर्ती नलगाउ, बरु फोनको गुणस्तर सुधार

Advertisement

काठमाडौं ।  नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पटक पटक इन्टरनेट सेवा प्रदायकले लाइसेन्स नवीकरणका लागि जम्मा तीन लाख रूपियाँ खर्चिए हुने तर भ्वाइस सेवा प्रदायकले भने रू. २० अर्ब तिर्नुपर्ने बाध्ययता रहेको गुनासो गर्दै आएका छन् । यो व्यवस्था पूरानो भएकाले यसमा समीक्षा गर्नुपर्ने उनको जोड रहँदै आएको छ । 

तर इन्टरनेट सेवा प्रदायक (आईएसपी)ले भने अधिकारीको तर्कप्रति  सन्तुष्ट छैनन् । आईएसपीहरुको संस्था आईस्पानका अध्यक्ष तथा सुविसु केवलनेट प्रालिका प्रबन्ध निर्देशक सुधीर पराजुली आफूहरुप्रति लक्षित आरोप अव्यवहारिक रहेको बताउँछन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले अहिलेको इन्टरनेट सेवा विगतको भन्दा परिस्कृत भइसकेको बताए । 

Advertisement

पराजुली भन्छन, ‘इन्टरनेट सेवा सुरूवाती चरणमा हुँदा पनि हामीलाई केही आरोप लाग्ने गरेका्े थियो । निकै थोरै मार्जिन (नाफा लिएर भए पनि ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गरिएको छ । अहिले हामीले इन्टरनेट क्षेत्रमा फडको मारिसकेको अवस्था छ । तर पनि हामीलाई नै लक्षित गरेर आरोप लाग्ने गरेको छ ।’ 

इन्टरनेवालाहरू ठग्नै आएका हुन भन्न अवस्थाबाट हामी सबै अहिलेको प्रविधिमैत्री युगमा प्रवेश गरिएको र हरेक काम इन्टरनेटबाट हुने अवस्था आएको बताउँदै उनले आईएसपीहरुले गरेको योगदानको पनि राज्यले मूल्यांकन गर्नुपर्ने बताउँछन् । अहिले मुलुकका महत्वपूर्ण कामहरू इन्टरनेटबिना असंभव जस्तै भइसकेकोले त्यसलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने पराजुलीको तर्क छ । 

अब २० अर्बको कुरा ननिकाल्दा हुन्छः आईएसपी
आईएसपीहरु ‘हामीले २० अर्ब तिर्र्यौं, इन्टरनेट सेवा प्रदायकले थारे तिरे’ भन्ने तर्क नगर्न नेपाल टेलिकमलाई सुझाव दिन्छन् । कर्मचारीको दबाबपछि टेलिकमले यस्तो नवीकरण शुल्क घटाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई दबाब दिइरहेको छ । 

टेलिकमले सोही कुरालाई तुलना गर्दै बारम्बार उठाएपछि आईएसपीहरु चिडिएका हुन् । आगामी दिनमा धम्की दिएको जस्तो गरेर आफूले मोटो रकम तिरेको आईएसपीले थोरै तिरेको चर्चा नगर्न उनीहरुले सुझाएका छन् । 

अर्का एक आईएसपी कम्पनीका सञ्चालकले कर्पोरेट नेपालसँग भने, ‘जहिले पनि २० अर्ब, जहिले पनि २० अर्ब । कति सुन्नु एउटै कुरा ? इन्टरनेट कट्नै नहुने । कुरा गर्दागर्दै फोन काटिँदा । फोनको गुणस्तर सुधार गर्ने कुरामा चाहीं सबै मौन् ?’

इन्टरनेट सेवाको गुणस्तरमा ग्राहकहरूले गुनासो स्वाभाविक भएको र यसमा सुधार गर्न आफूहरु पनि तयार रहेको बताउँदै ती सञ्चालकले गुणस्तरमा समस्या आउने कुरा कम्पनीको मात्रै नभएर प्राकृतिक आदि कारणले हुने भएकाले छिटो मर्मत सुधार गरी गुणस्तरीय सेवा दिन प्रतिवद्ध रहेको बताए । 

उनले भने, ‘इन्टरनेट कनेक्शन एकै छिन जाँदा धेरै बिग्रिएको जस्तो गर्ने आफ्नो फोन बोल्दा बोल्दै काट्टिएर तीन पटक डाय गर्नुपर्ने कुरामा चाहिं नगर्ने । आईएसपीले २० अर्ब रूपियाँ तिरेको कुरा बारम्बार निकाल्दै गर्दा आफ्नो फोनको गुणस्तर चेकजाँच गर्नतर्फ पनि ध्यान दिनुपर्ने बताउँछन् । 

के भन्छ दूरसञ्चार प्राधिकरण ?
यता नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले भ्वाइस सेवा प्रदायकको लाइसेन्स नवीकरण शुल्क संशोधनको क्रममा रहेको बताउँछन् । उनले कर्पोरेट नेपालसँग भने, ‘अहिले भ्वाइस कल प्रदान गर्ने कम्पनीको लाइसेन्स नवीकरणमा लाग्ने २० अर्बमा हेरफेर गर्न जरूरी छ । सोही शुल्क केही घटाउने भन्ने पत्र सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा पुगिससेको अवस्था छ । अब चाँडै शुल्क हेरफेर हुनेछ ।’ 

Advertisement

Advertisement