भीभोको वाई २१ आयो नेपाली बजारमा, अत्याधुनिक ब्याट्री तथा र्याम्प, मूल्य जम्मा रु. २३ हजार

Advertisement

काठमाडौं । चीनको लोकप्रिय स्मार्ट फोन ब्राण्ड भीभोले नयाँ स्मार्ट फोन भीभोे वाई २१ नेपाली बाजारमा ल्याएको छ । भीभो वाई सिरिजको यो पछिल्लो संस्करण हो । मंगलबारदेखि नेपाली बजारमा बिक्री सुरु भएको यो फोन सुपर स्लिम वडीका साथै पाँच हजार एमएएच ब्याट्री र १८ वाट फाष्ट चार्जर छ । 

पर्याप्त ब्याट्री क्षमता भएको र सुपथ मूल्यको स्मार्ट फोन खोज्ने ग्राहकहरुका लागि यो अति उपयोगी रहेको कम्पनीको भनाई छ । यसको विशेषता स्ट्रङ मेमोरी र आकर्षक डिजाइन भएको भिभोले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । 
 
भीभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्स भन्छन, ‘नयाँ उत्पादन वाई २१ आकर्षक डिजाइनसहित भरपर्दो सेवा दिन सक्ने गरी बनाइएको छ । यसका डिजाइनहरुमा ८.० एम्एम् स्लीम वडीमा छ जुन मूल्य अनुपातमा अक्ति उपयोगी छ । वाई २० को पूर्ण सफलतापछि वाई २१ नेपाली बजारमा ल्याइएको हो । 

Advertisement

वाई २१ मा साइड्मा फिङ्गर प्रिन्ट स्क्यानर जडान गरिएको छ जसले लक–अनलक गर्न र छिटो पहुँचका लागि मद्दत गर्नेछ । ०.४ एम्एम् पातलो र यसको प्रोसेसर भन्दा १० ग्राम हल्का भएकाले प्रयोग गर्न सजिलो छ । यो प्रोफेसनल आकार र स्टाइलिस हुनुका साथै हेर्नका लागि सजिले ६.५१ इन्च डिस्प्ले स्त्रिन छ ।

वाई २१ का विशेषतामा पाँच हजार एम्एएच् ब्याट्री, १८ वाटको फाष्ट चार्जर टाइप सी, डिभाइस सोकेश ४ जीवी प्लस १ जीवीसहित दोस्रो जेनेरेशनको र्याम्प छ जस्ले सहज तरिकाले एप्स सञ्चालन गर्न सकिने कम्पनीको भनाई छ । साथै झन्झटविना एकै पल्ट एकभन्दा बढी एप्स संचालन गर्न सकिने यसको क्षमता रहेको छ । वाई २१ ले ६४ जिबीको साथ अत्यधिक १ टिबी (अक्तिरित्त खरिद गर्न सकिने) बढाउन सक्ने मेमोरी क्षमतामा निर्माण गरिएको छ, जस्ले सजिलै ठूलो फाइल भण्डारण गर्न सकिने छ । 

भिभो वाई २१ मा मुख्य क्यामरा १३ एम्पी क्यामेरा जडान गरिएको छ । जसले बहुपक्षीय र कम प्रकासबाट फोटो लिन सकिन्छ । अगाडीको क्यामरामा २ एम्पी माइक्रो क्षमतायुक्त क्यामेरा जडान गरिको छ ।  यसको लेन्सले ४ सिएमसम्म नजिक आफ्नो वरपर लुकेर रहेका तर आकर्षक दृश्यहरुलाई कैद गर्न सकिन्छ । ८ एमपीको फ्रन्ट क्यामेराले प्राकृतिक सौन्द्रयलाई स्पष्ट र सफाहरुमा खिच्ने क्षमता राख्दछ । त्यसैले ग्राहकले आफ्नो रुचीअनुसार सेल्फी तथा अन्य प्रयोग गरी आत्मसन्तोषको अनुभव गर्न सक्ने भिभोको भनाई छ । क्यामरा उपकरणमा २.० फिल्टरको प्रयोगले कुनै पनि प्रकाशमा तथा रङ अनि एचडीआर छायाङकनमा रमाउन सकिन्छ । मेटालिक क्यु र डाइमण्ड ग्लो कलरमा उपलब्ध वाई २१ स्मार्टफोनको २२ हजार ९९९ तोकिएको छ ।

Advertisement

Advertisement