फेसबुक बालबालिकाका लागि हानिकारक, प्रजातन्त्र पनि कमजोर बनाउने

Advertisement

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक बालबालिकाका लागि हानिकारक रहेको सोही कम्पनीका एक कर्मचारीले स्वीकार गरेकी छन् । 

फेसबुककी पूर्वकर्मचारी फ्रान्सिस हाउगनले अमेरिकी साँसदहरुसमक्ष बोल्दै फेसबुक बालबालिकाको लागि हानिकारक रहेको बताएकी हुन् । उनले यसबाट बालबालिकाका लागि मात्रै नभएर सदभाव बिगार्ने र प्रजातन्त्रलाई नै कमजोर बनाउने तर्क गरेकी छन् । 

Advertisement

हाउगनले फेसबुक बालबालिकादेखि प्रजातान्त्रिक व्यवस्थाका लागि उपयुक्त नभए पनि कम्पनीले नाफाका लागि यसलाई प्रवद्र्धन गर्ने काम गरिरहेको बताएकी छन् । फेसबुकमा प्रडक्ट म्यानेजरको रूपमा लामो समय काम गरेर छोडेकी उनले अन्य सार्वजनिक कार्यक्रममा समेत फेसबुकका कमजोरीबाहेक खुलासा गर्ने गरेकी छन् । 

फेसबुकले जायन्ट कम्पनीको रुप लिएसँगै यसको नियमनका विषयमा नयाँ ढंगबाट सोच्नुपर्ने कुरा उठ्न थालेपछि अमेरिकी साँसदहरुमाझ यस विषयमा छलफल सुरु भएको हो । छलफलका क्रममा हाउगनले दिएको प्रतिक्रियाप्रति फेसबुकले खण्डन गरेको छ । कम्पनीले उनको अभिव्यक्तिलाई अल्पज्ञान भनेको छ ।  

अहिले विश्वका दुई अर्ब ७० करोड मानिस यसको सक्रिय प्रयोगकर्ता रहेको कम्पनीको भनाई छ । यसका सहायक उत्पादन ह्वाट्सएप र इन्स्टाग्राम पनि निकै लोकप्रिय बन्दै गएको बेला यसको नियमन फरक ढंगबाट हुनुपर्ने कोणबाट छलफल सुरु भएको हो । 

Advertisement

Advertisement