आज (असोज २२)को राशिफलः कस्तो रहला तपाईंको व्यापार, व्यवसाय, आर्थिक कारोबार ?

Advertisement

आज २०७८ साल आश्विन महिनाको २२ गते शुक्रबार, आश्विन शुक्लपक्षको द्वितीया तिथि । आज नवरात्र आरम्भको दोस्रो दिन ।

मेष 
भाग्यको साथका कारण आँटेका कुरा पुरा हुने छन् । परिवारमा केही किचलो देखिने छ । पेशागत जीवन सकारात्मक रहने छ । साझेदारीमा भएका कार्यहरु सकारात्मक बन्ने छन् । ब्यापारमा सँलग्नहरुको आम्दानीमा बृद्धि हुनेछ । तर रिस नियन्त्रणमा ध्यान दिनु होला । शेयर क्षेत्र सकारात्मक रहने छ ।

Advertisement

वृष 
पेशागत जीवनमा निराशाका क्रम देखा पर्ने छ । यात्राको अवसर प्राप्त हुने छ । रिस कडा हुने भएकाले नियन्त्रणमा ध्यान दिनुहोला । मनमा दुविधाका क्रमले गर्दा निर्णय क्षमतामा कमि आउने छ । पेशा, ब्यवसाय तथा कार्यालय सम्बन्धि विषयमा धैर्य भएर अघि बढ्नु होला । शेयर क्षेत्र सकारात्मक रहने छ । 

मिथुन 
पेशागत जीवनमा सकारात्मक नतिजाहरु आउने छ । आफु भन्दा माथिल्ला नेतृत्वको विश्वास प्राप्त हुने भएकाले कामको मुल्यांकन हुने छ । बाठो खालको व्यक्तित्व बन्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । साथिभाइ समूहको साथका कारण आँट र भरोसा आउने छ । शेयर क्षेत्र औसत रहने छ । 

कर्कट
भाग्यको बलियो साथ रहेका कारण सफलताहरु प्राप्त हुने छन् । मनमा भने निराशाका क्रम रही रहने छ । पेशागत क्षेत्रबाट लाभ मिल्ने छ । तर खर्च धेरै हुने हुँदा आम्दानी बढाउनु पर्ने दबाबबाट गुज्रनु पर्नै छ । साझेदारीमा गरिएका काममा विवाद देखा पर्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 


सिंह
परिवारको साथ मिल्ने छ । आम्दानीमा पनि बृद्धि हुने हुँदा उत्साह र उमङ्ग छाउने छ । प्राज्ञिक क्षेत्रमा आवद्धहरुलाई कदर मिल्ने छ । पेशागत जीवन सन्तुलित हुने छ । धर्म अध्यात्म प्रति लगाव बढ्ने छ । धार्मिक क्षेत्रका वस्तुहरुको कारोवारमा रहेकाहरुलाई लाभ मिल्ने छ । शेयर क्षेत्र सकारात्मक रहने छ ।

कन्या
खर्च धेरै बढ्न पुग्ने छ भने आम्दानीमा गिरावट देखा पर्ने छ । बोलीको प्रभावकारीता कमजोर बन्ने हुँदा बन्न खोजेका कामहरु पनि बिग्रने छन् । पेशागत जीवनमा अपेक्षा गरे अनुसार लाभ मिल्ने छैन् । समय चुनौतिपूर्ण रहेकाले धैर्य रहनु होला । शेयर क्षेत्र पनि अनुकुल रहने छैन् । 

तुला 
पेशागत जीवनमा सुधार आउने छ । ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने छ । सामाजिक जीवनमा कदर मिल्ने छ । आर्थिक आम्दानीमा सोचे जस्तो बृद्धि नहुँदा परिवारमा दबाब सृजना हुन पुग्ने छ । बोलीको प्रभावकारीता बढ्ने छ । शेयर क्षेत्र औसत खालको हुने छ । 

वृश्चिक
पेशागत जीवनमा उन्नति तथा पदोन्नति हुने छ । आम्दानीमा पनि बृद्धि हुने छ । तर साझेदारीमा गरिएका कामहरुमा भने विवाद निम्तिने छ । धन तथा पैतृक सम्पत्तिका विषयमा परिवारमा किचलो वा झैझगडाको अवस्था आउने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र अनुकुल रहने छैन् । 

धनु 
पेशागत जीवनमा सोचे जस्तो हुने छैन्, त्यसैले पाइला भने चाल्न नछोड्नु होला । प्रतिष्पर्धात्मक क्षमता कायम हुँदा मनोबल भने कायम रहने छ । परिवारमा मिलन हुने छ । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दात्मक अवस्था आउने छ । शेयर क्षेत्र औसत रहने छ । 

मकर 
व्यापारमा आवद्धहरुलाई लाभदायी बन्दै जाने छ । रोजगारीमा रहेकाहरुको हकमा अलि बढि काममा पेलिनु पर्ने छ । साझेदारीमा गरिएका कामहरुबाट लाभ मिल्ने छ । परिवारको बलियो साथ रहने हुँदा आँट र भरोसा मिल्ने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

कुम्भ 
पेशागत जीवन अस्थिर हुने छ । व्यवसायमा पनि सोचे जस्तो उन्नतिका क्रम देखा पर्ने छैन् । आम्दानी भन्दा खर्च बढ्न जाँदा मनमा भारीपना आउने छ । प्रतिष्पर्धात्मक क्षमता भने कायम रहने छ । दृढ खालको व्यक्तित्व हुने हुँदा कठिनाईमा पनि विचलित नहुने स्वाभाव हुने छ । शेयर क्षेत्र लाभदायी रहने छ ।

मीन
भाग्यले साथ दिएको छ । आम्दानीमा पनि थोरै बृद्धि हुने छ । खर्च बढ्न जाँदा बचत भने हुने छैन् । पेशागत जीवन सकारात्मक बन्दै रहने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने हुँदा प्रतिष्पर्धिहरु टिक्ने छैनन् । धन धान्य तथा सम्पत्तिमा केही बृद्धि हुनेछ । तर मनमा एक खालको पीरले सताउने छ । शेयर क्षेत्र औसत रहने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement