बुद्धभूमिको आईपीओ बाँडफाँट, तपाईंलाई पनि पर्यो कि ? यसरी हेर्नुहोस्

Advertisement

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावरको साधारण शेयर (आईपीओ) आज बाँडफाँट भएको छ ।  बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यलयमा आईपीओ बाँडफाँट गरिएको हो । 

उक्त कम्पनीको आईपीओमा २० लाख १४ हजार ९ सय २२ जनाको आवेदन सदर र १६ हजार ३३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । आवेदन सदर भएका लगानीकर्ताले २ करोड ४२ लाख १ हजार ९ सय ३० कित्ताका लागि आवेदन दिएका थिए । सर्वसाधारणका लागि खुला गरेको ७ लाख ४४ हजार कित्ता शेयर गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले मात्रै १० कित्ता शेयर पाएका छन् । आवेदन दिएका करीब १९ लाख ३० हजारको हात खाली भएको छ । 

Advertisement

लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।     

असोज ११ गते १४ गतेसम्म कम्पनीले ८ करोड रुपियाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्काशन खुला गरेको थियो । निष्काशन भएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको हो । 

यसअघि साउन ३२ गतेदेखि भदौ १४ गतेसम्म कम्पनीले नुवाकोट जिल्लाका आयोजना प्रभावितका लागि कुल ४ लाख कित्ता आइपीओ बिक्रीका लागि आवेदन खुला गरी बाँडफाँट समेत गरिसकेको छ ।  

Advertisement

Advertisement