गुराँस लाइफका सीईओ भट्टराईको राजीनामा स्वीकृत

Advertisement

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नारायण भट्टराईको राजीनामा स्वीकृत भएको छ । आफ्नो कार्यकाल सकिनुभन्दा करिब डेढ महिना अघि नै उनले राजीनामा दिएका हुन् । 

बिहीबार बसेको  गुराँस लाइफको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

Advertisement

यता, भट्टराईले आफ्नो जानकारी बिनानै संञ्चालक समितिले डिसीईओ नियुक्त गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । 

कम्पनीको डिसीईओमा केही समय अघि स्मृतीराज कंडेल नियुक्त भएका छन् । 

सीईओ भट्टराईले असोज १९ गते दिएको राजीनामा कात्तिक १ गतेदेखि लागू हुने गरी स्वीकृत भएको कम्पनी सचिव बोधलाल पुरीले जनाएका छन् । 

Advertisement

Advertisement