यस बर्षको नोबेल शान्ति पुरस्कार अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने दुई पत्रकारलाई

Advertisement

काठमाडौं । यस बर्षको नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारले पाएका छन् । फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्न संघर्ष गरेवापत पत्रकारद्धय मारिया रेसा र दिमित्री मुरातोभलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो।

नोबेल पुरस्कार समितिले ३२९ मध्येबाट उनीहरुलाई छनौट गरेको हो । पुरस्कृत पत्रकारले अभिव्यक्ति स्वतन्त्रताका लागि काम गरेका आम पत्रकारको प्रतिनिधित्व गर्ने तर्क गरेको छ । 

Advertisement

ओस्लोस्थित नर्वेजीयन नोबेल इन्स्टिच्युटले उनीहरुका लागि ११ लाख अमेरिकी डलर बराबरको पुरस्कारको घोषणा गरेको छ । र्‍यापलर समाचार पोर्टलकी संस्थापक रेसाले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेर ूआफ्नो देश फिलिपिन्समा अख्तियार दुरुपयोग, हिंसाको प्रयोग र अधिनायकवादविरुद्ध आवाज उठाउँदै आएकी छन् । 

त्यस्तै, नभोया गजेटा नामक स्वतन्त्र पत्रिकाका सहसंस्थापक र सम्पादक मुरातोभले दशकौँदेखि रुसमा चुनौतीपूर्ण अवस्थामा अभिव्यक्ति स्वतन्त्रताको लागि लडेको औंल्याइएको छ । गत वर्ष नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिइएको थियो।

Advertisement

Advertisement