मेरो बाध्यता बुझिदिनुस्, योग्यलाई मन्त्रिपरिषद विस्तारमा समेट्न सकिनः देउवा

Advertisement

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा समेट्न नसकेकालाई उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् । 

स्कूल अफ डेमोक्रेसी, अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ पुस्तकको शनिबार विमोचन गर्दै उनले शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा योग्य साथी छुटेकामा आफूलाई दुःख लागेकोसमेत तर्क गरे । क्षमतावान् र योग्य साथीलाई आगामी दिनमा उचित जिम्मेवारी दिँदै जाने बताउँदै देउवाले आफ्नो बाध्यता बुझिदिन आग्रह गरे ।     
     
सांसद मीन विश्वकर्माले बीपी कोइराला, प्रजातन्त्र र कांग्रेस एक अर्काका परिपूरक भएको बताउँदै जनतालाई प्रजातन्त्रको अर्थ, महत्व र अभ्यासका बारेमा बुझाउनुपर्ने आजको आवश्यकता भएको बताए ।     
     
राष्ट्रियसभाअन्तर्गत दिगो विकास समितिका सभापति तारादेवी भट्टले संयुक्त राष्ट्र सङ्घले हाल अघि बढाएको दिगो विकासको लक्ष्य बीपी कोइरालाले आफ्नो समयमा परिकल्पना गरेको सिद्धान्त र विचारसँग मिल्दोजुल्दो भएको बताइन् ।     
     
पूर्वराजदूत दिनेश भट्टराई, संविधानविद् डा विपिन अधिकारीले बीपीका सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै बीपीका बारेमा थप अध्ययन र अनुसन्धानको खाँचो औँल्याए । 

Advertisement

Advertisement

Advertisement