सरकारी स्वामित्वको एयर इण्डिया निजी क्षेत्रको टाटा समूहको हातमा पुग्यो

Advertisement

काठमाडौं । भारतीय राष्ट्रिय ध्वजावाहक वायुसेवा एअर इन्डिया निजी क्षेत्रको टाटा समूहको हातमा पुगेको छ । घाटामा गएको भन्दै भारतीय सरकारले एयर इण्डिया दुई अर्ब ४० करोड अमेरिकी डलरमा  टाटा समूहलाई बिक्री गरेको हो । 

टाटा समूह देशकै सबैभन्दा ठूलो व्यावसायिक समूहमध्येको एक हो । सन् १९३२ मा उक्त समूहले नै एअर इन्डिया स्थापना गरे पनि १९५३ मा भारत सरकारले यसलाई आफ्नो स्वामित्वमा ल्याएर सञ्चालन गरेको थियो । 

Advertisement

पहिलेदेखि नै घाटामा सञ्चालन भइरहेको एयर इण्डिया कोरोना महामारीपछि थप घाटामा पुगेको थियो । हालसम्म उक्त विमानसेवा कम्पनीको घाटा ९.५ अर्ब अमेरिकी डलर पुगिसकेकोमा टाटा समूहले किन्न तयार भएको हो । टाटाले घाटा सबै जिम्मेवारी नलिने बताएको छ । 

एअर इन्डियासँग १३० भन्दा धेरै विमान, अर्बौं डलरको सम्पत्ति, हजारौँ प्रशिक्षित विमान चालक र चालक दलका सदस्य छन्। टाटाले यसअघि पनि विमान सेवा सञ्चालन गर्दै आएको थियो । एयर इण्डिया किनेसँगै टाटा समूहले यसमा ठूलो लगानी थप गर्ने अनुमान गरिएको छ । 

Advertisement

Advertisement