आज (असोज २४)को राशिफलः तपाईंको शेयर कारोबार, व्यापार, व्यवसाय कस्तो रहला ?

Advertisement

आज २०७८ साल आश्विन महिनाको २४ गते आइतबार, आश्विन शुक्लपक्षको चतुर्थी तिथि । आज नवरात्र आरम्भको चौथो दिन कूष्माण्डा माताको पूजा आराधना हुँदै ।

मेष
प्रेममय वातावरण छाउने छ । जीवनसाथिप्रति समर्पित रहेर कामहरु समर्पित गर्न मन लाग्ने छ । पेशागत क्षेत्रमा उन्नति, प्रगति हुने छ । पेशाप्रति केन्द्रीत हुने स्वाभावमा बृद्धि हुने छ । आम्दानीमा पनि बृद्धि हुने छ । बोलीमा भने कडापना देखा पर्ने हुँदा विचार पु¥याउनु होला । शेयर क्षेत्रबाट औसत रहने छ । 

Advertisement

वृष
पेशागत जीवनबाट लाभ मिल्ने छ । पेशागत क्षेत्रमा कदर र भुमिका बृद्धि हुने छ । बोलीको प्रभावमा बृद्धि हुन जाने छ । निर्णय क्षमतामा गिरावट देखा पर्नेछ । मनमा दुविधाका मात्रा धेरै बढ्न पुग्दा अन्योलता बढ्ने छ । रिस भने अत्यन्त कडा प्रकृतिको हुने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र सकारात्मक बन्नेछ ।

मिथुन 
धन सम्पत्तिमा बृद्धि हुने छ भने शैक्षिक तथा बौद्धिक क्षेत्रमा पनि रुचि बढ्ने छ । बोलीको प्रभावकारीतामा बृद्धि हुनेछ । सन्तानप्रति वा सन्तानका बारेमा समर्पित भावमा तिब्रता आउने छ । पेशागत जीवनमा व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुनेछ । चलाख व्यक्तित्व हुने छ । भाग्यको साथ रहेकाले समय सकारात्मक रहने छ । शेयर क्षेत्र धेरै अनुकुल रहने छैन् । 

कर्कट
पेशागत जीवनमा समस्या तथा उल्झनहरु देखा पर्न जाने हुँदा संयमित रहनु होला । खर्च धेरै हुने र आम्दानीको सीमितताले दबाब सृजना गर्ने छ । मनोबलमा कमि देखा पर्ने छ । सुख सुविधाका साधन वा पदार्थहरुको प्रयोग गर्न मन लाग्ने भए तापनि दुविधात्मक शैलीको व्यक्तित्व हुन जानेछ । परिवारको आड भरोसाले गर्दा अप्ठ्यारो परिस्थितिमा संहालिन भने मद्धत मिल्ने छ । शेयर क्षेत्र भने सकारात्मक रहने छ । 

सिंह
यात्रारत हुन मन लाग्ने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । पेशागत जीवनमा धैर्यता साथ कदमहरु चाल्नु पर्ने वा निर्णय लिनु पर्ने समय रहेको छ । आम्दानीको हकमा भने केही बृद्धि हुन जाने छ भने आम्दानी बढाउन बोली प्रभावकारले मद्धत पु¥याउने छ । मनोबलमा गिरावट आउँदा आफैले आँटेका कामहरु पनि सम्पन्न गर्न सक्ने विषयमा दुविधा जस्तो बन्न पुग्नेछ । शेयर क्षेत्र सकारात्मक बन्ने छ ।

कन्या
आफ्ना सपना, लक्ष्य तथा आम्दानी परिवारप्रति समर्पित गराउन मन लाग्ने छ । बोलीमा नरमपना र शितलता देखा पर्ने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट पनि लाभ मिल्ने छ । परिवारप्रति केन्द्रीत रहने व्यक्तित्व बन्ने छ । पेशागत जीवन स्थिर रहने छ । व्यवस्थापकीय दक्षतामा बृद्धि हुनेछ । शेयर क्षेत्र औसत रहने छ ।

तुला
शितल खालको व्यक्तित्व बन्ने छ । भाग्यको साथ रहेकाले प्रतिकुल परिस्थितिमा पनि अवस्था सन्तुलित रहन ठुलो मद्धत प्राप्त हुने छ । आम्दानीमा केही बृद्धि हुन पुगेता पनि पेशागत जीवनमा अस्थिरता उत्पन्न हुने छ । बोलीमा भने अलि कटु प्रकृतिको भाव बृद्धि हुने हुँदा ध्यान दिनु होला । अध्ययन अध्यापनमा भने प्रगति हुने छ । शेयर क्षेत्र भने सकारात्मक बन्ने छैन् । 

वृश्चिक
मनमा उदासिनताको मात्रा बढ्न जाने छ । नकारात्मक विचार र धारणालाई नियन्त्रित गर्न प्रयास गर्नु होला । विदेश यात्रातर्फ सोचहरु आउने छन् । पेशागत जीवनमा स्थिरता आउने छ भने कमाईमा पनि केही बृद्धि देखिने छ । बोलीको प्रभावमा भने कमि आउने हुँदा त्यसबारेमा ध्यान दिनु होला । शेयर क्षेत्र अनुकुल रहने छ ।

धनु 
प्रतिष्पर्धात्मक क्षमतामा भने बृद्धि हुने छ । तर धेरै जोखिम भन्दा भए गरेका कामहरुलाई निरन्तरता नै उपयुक्त हुने देखिन्छ । आम्दानी तथा सपनाका विषयमा सन्तोषजनक प्रगति हुने छैन् । पेशागत जीवनमा उतार–चढाव देखिने भएकाले संयमित भई कदमहरु चाल्नु होला । जीवनसाथिको साथसहित पेशागत क्षेत्रलाई अघि बढाएमा जोखिम कम हुने छ । शेयर क्षेत्र प्रतिकुल रहने छ । 

मकर 
बलियो व्यक्तित्व हुने छ । अरुलाई सहयोग गर्न मन लाग्ने खालको सहयोगि भावना जागृत हुने छ । कतिपय अवस्थामा चाहिने भन्दा कडा खालको व्यक्तित्व बन्ने भएकाले अरुले घमण्डि जस्तो अनूभुत समेत गर्ने भएकाले संयमिता अपनाउनु होला । जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा ठुलो सकारात्मक भुमिका खेल्ने छ । साझेदारीमा  गरिएका कामहरुमा भने समस्या देखा पर्ने छन् । शेयर क्षेत्र सकारात्मक रहने छ ।

कुम्भ 
उमङ्गको लहर आउने छ । पारीवारिक मिलन र सद्भाव कायम हुने छ । ज्ञान भाव र बुझाईको मात्रा फराकिलो बन्ने छ । चतु¥याईमा बृद्धि हुनेछ । प्रतिष्पर्धीहरुका बीचमा जुध्न सक्ने तागत आउने छ । पेशागत जीवन औसत खालको रहने छ । साझेदारीमा गरिएका कामहरुमा उल्झन र समस्याहरु देखा पर्ने छन् । शेयर क्षेत्र हल्का सकारात्मक रहने छ ।

मीन
भाग्यको साथ नभएका कारण कार्यसफलतामा कमि आउने छ । परिवारमा स–साना विषयले पनि द्वन्द निम्त्याउने छ । मनमा खिन्नता र उदासिनताको मात्रा बढ्न पुग्ने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । पेशागत जीवनमा भने नसोचेका समस्याहरु देखा पर्ने भएकाले सतर्कतासहित कदम चाल्नु होला । दाम्पत्य जीवनमा मधुरता आउने छ । जीवनसाथिको साथ र सल्लाहमा कदम चालेमा जोखिमबाट बच्न सकिने छ । शेयर क्षेत्र औसत खालको रहने छ ।

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement