‘जति बीमाको पहुँच बढ्छ, त्यति भ्रष्टाचार घट्छ’, कसरी ? बीमाविज्ञको यस्तो छ विश्लेषण

Advertisement

डा.रविन्द्र घिमिरे
काठमाडौं । पछिल्लो समय बीमाको महत्व बढिरहेको छ । बीमा बचत र क्षति भएमा क्षतिपूर्तिका लागि मात्रै नभएर सामाजिक सुरक्षाका लागि पनि यसको आवश्यकता छ । सोही कारण अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले विभिन्न नौ प्रकारको बीमा आवश्यक रहेको औंल्याएको छ । 

व्यक्तिको मृत्यु हुँदा जीवन बीमाले साथ दिन्छ । बिरामी भएको बेलामा स्वास्थ्य बीमाले साथ दिन्छ । बेरोजगार भएको बेलामा बेरोजगार बीमा, अंगभग भएको बेलामा अशक्तता बीमा, बाबुआमा बितेको अवस्थामा बच्चालाई जीवनयापत बीमा जस्ता नौ किसिमका बीमा योजना छुट्याईएका छन् । यी नौ किसिमको जोखिम जो कोहीमा रहने भएकाले बीमाको आवश्यकता रहेको छ । घटना कसलाई कतिबेला घट्छ त्यो त भन्न सकिन्न । तर घट्ना जति बेला घटे पनि त्यसमा बीमाले साथ दिन्छ । यसबाहेक सम्पत्तिको क्षति भएको बेला क्षतिपूतिका लागि सम्पत्ति बीमा हुन्छ । 

Advertisement

बीमा दुःखको साथी हो । सुःखमा त जस्ले पनि साथ दिन्छ । तर दुःखमा बीमाले साथ दिन्छ । त्यसैले सरकारी वा निजी कम्पनी जुनबाट गराए पनि बीमा गराउनु ठूलो हो । अहिले निजी कम्पनी र सरकारी कम्पनी दुवैले बीमा गराउँदै आएका छन् । सामाजिक सूरक्षा कोष पनि बीमाको अवधारणा अनुसार अघि बढिरहेको छ । विभिन्न किसिम जोखिमहरू बढ्दो क्रममा रहेकाले बीमा असाध्यै महत्वपूर्ण बन्दै गएको छ ।

बीमा गराउनेको संख्या बढ्दा भ्रष्टाचारमा समेत कमी हुन्छ । आफ्नो मृत्यु भइहाल्दा बच्चाको हालत के होला ? भन्नु पर्दैन । त्यसमा पनि बीमाले साथ दिन्छ भन्ने हुन्छ । म अंगभंग भएमा कसरी पेट पाल्ने ? भन्ने चिन्ता पर्दैन् । त्यसमा पनि बीमाले साथ दिन्छ । 

विभिन्न क्षेत्रमा व्याक्तिलाई बीमाले साथ दिन्छ । जब आर्थिक रूपमा सबल छु भन्ने लाग्छ, त्यस्तो मानिसलाई रोगव्याधी पनि कम लाग्छ । जब मानिसलाई भविश्यको चिन्ता हुँदैन्, पैसा कमाउन भ्रष्टाचार गर्ने, गलत तरिकाले पैसा कमाउने भन्ने कम हुन्छ । बीमा भनेको व्यक्तिको लागि मात्र नभई सभ्य समाज र राष्ट्रको लागि पनि आवश्यक कुरा हो । समाजमा सुशासन कायम राख्न पनि बीमा अत्यावश्यक भइसकेको छ । 

अहिले उद्योग धन्दाको संख्यामा वृद्धि भएको छ । अन्तराष्ट्रिय व्यापारका हिसाबले पनि बीमा महत्वपूर्ण मानिदै आएको छ । विदेशबाट सामान ल्याउँदा बाटोमा विस्फोट भएमा व्यापारीको अर्बौं रुपियाँसम्म डुब्ने अवस्था आउनसक्छ । उद्योगधन्दामा आगलागी भएर करोडौं रुपियाँको क्षति हुनसक्छ । त्यस्तो ठाउँमा पनि बीमाले साथ दिन्छ । बीमाको महत्व बढ्नुको कारण जोखिम बढेको कारणले पनि हो ।

अहिले औद्योगिकीकरण, विस्फोटक पदार्थको उत्पादन, विषाक्त खानपिनले जोखिम बढिरहेको छ । हरेक क्षेत्रमा ठूला ठूला जोखिम बढेको कारण बीमाको महत्व अत्याधिक रूपमा बढ्दै गएको हो । 

बीमाविज्ञ घिमिरेसँगको कुराकानीमा आधारित

Advertisement

Advertisement