दशैँ तिहारको बिदामा पनि हिमालयन बैंकले सेवा दिने

Advertisement

काठमाडौँ । दशैँ तिहारको बिदाको दिन समेत हिमालयन बैंकले सेवा दिने भएको छ । 

बडा दशैँको फूलपातीको दिन असोज २६ गते, महाअष्टमीको दिन असोज २७ गते, दीपावलीको अवसरमा लक्ष्मी पूजाको दिन कात्तिक १८ गते र प्रदेश १ मा असोज १ गते पनि सेवा दिइने बैंकले विज्ञप्ति प्रकाशित गरी जनाएको छ । 

Advertisement

बडादशैँ र दिवापलीमा काठमाडौँको ठमेल शाखा र असोज ३१ गते दमक शाखाबाट बिहान १० बजेदेखि ३ बजेसम्म सेवा दिइने जनाइएको छ । 

Advertisement

Advertisement