इजिप्टमा हुने मिस इन्टरकन्टिनेन्टल २०२१ का लागि निशा पाठकको बिदाई

Advertisement

काठमाडौं । मिस इन्टरकन्टिनेन्टल २०२१ को लागि निशा पाठकलाई बिदाई गरिएको छ । 

इजिप्टको ‘सर्म इल सेख’ स्थित सनराईज डाइमण्डबीच रिसोर्ट होटलमा आगामी अक्टोबर २९ मा हुने कार्यक्रममा प्रतिनिधित्व गर्नका लागि उनको बिदाई गरिएको हो ।

Advertisement

मिस इन्टर कन्टिनेन्टल नेपाल संस्थाका नेशनल डाइरेक्टर राजेश रौनियारले भने –,‘हामीहरूले पाठकलाई बिदाई गर्न पाउँदा निकै गर्वको महशुस गरिरहेका छौं ।’ मिस इन्टर कन्टिनेन्टलको ४९ औं वार्षिक उत्सवको अवसरमा इजिप्टमा कार्यक्रम आयोजना गरिएको छ ।

सो कार्यक्रममा विश्वका विभिन्न मुलुकका महिलाले आफ्नो प्रतिभा देखाउन पाउँने छन् । इजिप्टको ‘सर्म इल सेख’ लाई शान्त शहरको रूपमा पनि लिइने गरिन्छ । 
 

Advertisement

Advertisement