मासुसँग पेय पदार्थहरु होइन् सागसब्जी, फलफूल र सलाद खानुस्ः डाइटिसियन मधु थापा

Advertisement

काठमाडौं । सामान्यतया अरु बेलामा भन्दा चाडपर्वमा  भान्सामा धेरै परिकार पाक्छन् । बहुसंख्यक नेपालीको भान्सामा छुट्दै नछुट्ने परिकारमध्ये एक हो, ‘मासु’ । त्यसमा पनि दशैंमा मासु धेरै खाने चलन छ । प्रोटिन तथा पौस्टिक आहारका हिसाबले महत्वपूर्ण मानिने मासु खान जति स्वादिलो छ यसलाई मात्रा मिलाएर खाइएन भने त्यसले असर गर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् ।

कसले कति खाने ?

Advertisement

हरेक खाने कुरा खाँदा तौर तरिका मिलाएर खानुपर्छ । धेरै खाँदा जे कुराले पनि असर गर्छ । स्वस्थ मानिसले नै मासु ठिक्क खानु राम्रो हुन्छ भने स्वास्थ्यमा कुनै समस्या हुनेले त सावधानी नै अपनाउनुपर्छ । मासु खाने कुरा पाचन प्रणालीसँग विशेष सम्बन्ध रहने भएकाले पेटको रोग वा अन्य रोग भएकाले धेरै नखानु वा खाए पनि उसिनेर खाएको राम्रो हुन्छ । मासु आफैमा पौष्टिक आहार भए पनि राम्रोसँग पकाएर खान अल्छी गर्न हुँदैन् । 

मासु कति स्वस्थ छ ? जाँच्नु पर्छ 

मासु खानु भनेको अन्य तरकारी जस्तो पकाएर खानु मात्र होइन मासु आफैमा कत्तिको स्वस्थ छ ? भनेर जाँच्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । मासुको परिकार विभिन्न थरी हुने भएकाले के को मासु कति खाँदा राम्रो हुन्छ ? सो कुरामा विशेष ख्याल गर्नुपर्छ । 

त्यस्तै, मासुलाई कुन विधिबाट पकाउँदा आफूलाई फाइदा गर्छ ? सोही विधि अपनाउनु पर्छ । आफूलाई उसिनेर खाँदा ठिक हुन्छ भने भुटेर खानु हुँदैन् । कतिपयले अरुको देखासिकी गर्दै सेकुवा बनाएर, छोइला बनाएर, अधिक तेल प्रयोग हुने परिकार बनाएर खाने गरेको पाइन्छ । वास्तवमा मासु आफ्नो जिब्रोको स्वादका लागि मात्र नभई स्वास्थ्यका दृष्टिले हितकारी हुनेगरी खानुपर्छ । 

मासूसँग चिसो पेय पर्दाथ नखाने 

मासुसँग चिसो पेय पदार्थ पिउन धेरै जनाले रूचाउने गरेका छन् । तर मासु खाँदा चिसो पेय पर्दाथको सेवन गर्नु स्वास्थ्यको दृष्टिले हितकारी नहुने स्वास्थ विज्ञहरूको सुझाव छ । मासु र चिसो पदार्थ सँगसँगै सेवन गर्दा त्यसले नकारात्मक असर गर्ने भएकोले सकेसम्म मासु खाँदा चिसो पेय पर्दाथको सेवन नगर्न उनीहरु आग्रह गर्छन् । 

मासुको गुणस्तर कसरी थाहा पाउने ?

मासु आफैंमा महङ्गो, तागतिलो र पोसिलो खानेकुरामा पर्ने भए पनि कस्तो मासु खाने ? भन्ने कुराले अर्थ राख्छ । हामीले मासुको गुणस्तर मापनको लागि तराजुमा किलोग्राम  जोखो जसरी नाप्न त सक्दैनौ, तर पनि यसको गुणस्तर थाहा पाउन पनि त्यति धेरै मुस्किल भने छैन् ।

सामान्यतयः बजारमा खुल्ला राखेर बेच्ने मासुहरू स्वास्थ्यका दृष्टिले हितकारी मानिदैनन् । स्वास्थ्य क्षेत्रका जानकारहरूले पनि मासुलाई धुलो धुवाँबाट अलग्गै राख्नुपर्ने बताउँछन् । बजारमा खुल्ला रूपमा राखिएका मासुहरूमा झिङ्गा भन्किएको हुने, हानीकारक औषधि प्रयोग गरेको हुने भएकाले स्वस्थ्य मासु बिक्री गर्ने ठाउँबाट वा आफैले हेरेर काट्न लगाएर स्वस्थकर तरिकाले काटेको मासु मात्रै खरीद गर्नुपर्छ । 

त्यस्तै, दशैंको समयमा घरमै खसी बोका राँगा काटिने भएकाले पनि स्वभाविक रूपमा मासु धेरै हुने गर्छ । त्यस क्रममा हतार हतारमा मासु काट्ने, सरसफाई नगर्ने, रौंहरु राम्रोसँग नफाल्ने, मासुमा धेरै बोसो हाल्ने, आन्द्रा भुँडी राम्रोसँग नपखाल्ने, काटेको धेरै समयसम्म मासु नपकाउने, पकाएको मासु राम्रोसँग भुटेर नराख्दा गन्ध आउने, गन्ध आएकै मासु पनि सेवन गर्ने जस्ता प्रवृत्ति देखिने गरेको छ, जुन कुरामा ध्यान दिनुपर्छ । अधिकांशको घरमा मासु झुण्ड्याएर राख्ने चलन हुन्छ । त्यसरी राख्नु राम्रो मानिदैन ।

त्यस्तै, बजारमा पनि झुण्डाएर राखेका तथा रंग परिवर्तन भएका मासु देखिन्छ । यस्तो मासु नकिन्नु नै राम्रो हुन्छ । कस्तो मासु खाने भन्ने कुरा व्यक्ति विशेषको स्वादमा भर पर्ने कुरा त हो । तर पनि धेरै चिल्लो, पिरो हालेको, तारे भुटेको मासु भन्दा सामान्यता गलाएर पकाइएको मासु स्वास्थ्यका दृष्टि हितकारी मानिन्छ ।

अहिले विश्वमा एकथरी मानिसहरूको शाकाहारी भोजनको पक्षमा रहेको पाइन्छ भने अर्को मानिहरू मासु अपरिहार्य मान्छन् । जस्तो भोजन गरे पनि ताजा र स्वस्थ भोजन गर्न स्वास्थ्यविद्हरु सल्लाह दिन्छन् । 

मांशहारीलाई पोषणविज्ञ डाईटिसियन मधु थापाको सुझाव

अहिले हाइपर टेन्सन तथा कोलेस्ट्रोलले धेरैलाई सताईरहेको पाउँछौं । प्रत्येक परिवारमा कुनै न कुनै सदस्यलाई यस्ता रोगले सताउने गरेको हुन्छ । विशेष गरेर दशैं भन्ने बित्तिकै खसीको मासु नै खाने चलन छ । खसीको मासुको विभिन्न परिकार बनाउँदा रातो मासुले बढि असर गर्ने गरेको पाइन्छ । अझ पछिल्लो समय मासु मात्रै नभई मदिरा र चिसो समेत पिउने चलन बढि रहेको छ ।

मासु खाँदा आफैमा असर गर्ने खाने कुरा होइन । तर मासू पकाउने तरिकाले हामीलाई फाइदा गर्नुको साटो विभिन्न रोग निम्त्याईरहेको छ । अहिले त मासुलाई तार्ने, भुट्ने, सेकुवा बनाउने चलन छ । धुँवामा पकाएका मासुले घातक रोग लगाउने सम्भावना बढाउँछ । त्यसैले मासु खाँदा साग सब्जी फलफूल र सलाद खानु जरूरी हुन्छ । प्रोटिन धेरै भएको खाने कुरा खाँदा त्यसले जलवियोजन, कब्जियत गर्ने सम्भावना धेरै हुन्छ ।

मासु कति खाने भन्ने कुरा व्यक्तिको स्वास्थ्य अवस्था, उसको उमेर, लिंग तथा उचाईले निर्धारण गर्छ । यसको मतलव जसको शरीरले जति मात्रामा प्रोटिन मागेको हो सोही आधारमा खानु पर्छ । तर यति नै खाने भन्ने निर्धारित मापदण्ड भने हुँदैन । विशेष गरेर चिल्लो, पिरो भएको, तारे भुटेको, सेकुवा बनाएका मासु खाँदा विचार पुर्याउनुपर्छ ।

Advertisement

Advertisement