साफ च्याम्पियनसिपः भारतसँग पराजितसँगै नेपाल अंक तालिकामा दोस्रो

Advertisement

माले । साफ च्याम्पियनसिपअन्तर्गत आइतबार बेलुकी भएको खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको छ । पहिलो हाफमा बराबरी खेलेको नेपालले दोस्रो हाफमा गोल रोक्न सकेन् । भारतका लागि सुनिल क्षेत्रीले ८२ औं मिनेटमा हेडबाट गरेको गोल निर्णायक भयो । 

पूरै खेल रक्षात्मक खेलेको नेपालले निकै दबाबको सामना गर्नुपरेको थियो 
। यस खेलसँगै नेपाल अंक तालिकामा दोस्रो हुन पुगेको छ । नेपालको ६ अंक कायमै रहे पनि माल्दिभ्सले अंकमा पहिलो भएको छ । भारतले पाँच अंक जोड्न सफल भएको छ । भने बंगलादेशको चार अंक छ । 

Advertisement

अंकको आधारमा नेपालको फाइनल खेल्ने संभावना कायमै रहेको छ । अब लिग चरणको अन्तिम दिन नेपालले बंगलादेश र भारतले माल्दिभ्ससँग खेल्नेछ । 

Advertisement

Advertisement